कोशीमा एमाले–माओवादीले फेरे संकल्प प्रस्तावको भाषा
विराटनगर । कोशी प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले प्रदेशसभा सचिवालयमा दर्ता गरेको संकल्प प्रस्तावको व्यहोरा परिवर्तन गरेका छन् । मुख्यमन्त्री केदार कार्कीको असहमतिपछि बुधबार एमाले र माओवादी केन्द्रले संकल्प प्रस्तावको व्यहोरा परिवर्तन गरेका हुन् ।
एमाले र माओवादीले प्रदेशसभा सचिवालयमा मुख्यमन्त्रीलाई हटाउन प्रदेशसभाले निर्देशन दिनुपर्ने माग गर्दै प्रदेशसभा सचिवालय सोमबार संकल्प प्रस्ताव पेस गरेका थिए । सो प्रस्तावमा मुख्यमन्त्री केदार कार्कीले राजीनामा नदिए प्रमुख सचिव र मन्त्रालयका सचिवले मन्त्री र मुख्यमन्त्रीको निर्णय कार्यान्वयन गर्न गराउने बाध्य नहुने निर्देशन दिने व्यहोरा पनि समावेश थियो ।
सो प्रस्तावमा मुख्यमन्त्री कार्कीले असहमति जनाएका थिए । त्यसलगत्तै एमाले र माओवादीले संकल्प प्रस्तावको भाषा फेरेका छन् । यसअघि मुख्यमन्त्री कार्कीले सो बुँदा संविधानको मर्म विपरीत रहेको भन्दै सभामुख अम्बर विष्टलाई यस्तो संकल्प प्रस्ताव दर्ता गर्न नमिल्ने भनी पत्र पठाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण