मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

कोशीमा एमाले–माओवादीले फेरे संकल्प प्रस्तावको भाषा

बुधबार, ०५ वैशाख २०८१, २१ : ४४
बुधबार, ०५ वैशाख २०८१

विराटनगर । कोशी प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले प्रदेशसभा सचिवालयमा दर्ता गरेको संकल्प प्रस्तावको व्यहोरा परिवर्तन गरेका छन् । मुख्यमन्त्री केदार कार्कीको असहमतिपछि बुधबार एमाले र माओवादी केन्द्रले संकल्प प्रस्तावको व्यहोरा परिवर्तन गरेका हुन् । 

एमाले र माओवादीले प्रदेशसभा सचिवालयमा मुख्यमन्त्रीलाई हटाउन प्रदेशसभाले निर्देशन दिनुपर्ने माग गर्दै प्रदेशसभा सचिवालय सोमबार संकल्प प्रस्ताव पेस गरेका थिए । सो प्रस्तावमा मुख्यमन्त्री केदार कार्कीले राजीनामा नदिए प्रमुख सचिव र मन्त्रालयका सचिवले मन्त्री र मुख्यमन्त्रीको निर्णय कार्यान्वयन गर्न गराउने बाध्य नहुने निर्देशन दिने व्यहोरा पनि समावेश थियो ।

सो प्रस्तावमा मुख्यमन्त्री कार्कीले असहमति जनाएका थिए । त्यसलगत्तै एमाले र माओवादीले संकल्प प्रस्तावको भाषा फेरेका छन् ।  यसअघि मुख्यमन्त्री कार्कीले सो बुँदा संविधानको मर्म विपरीत रहेको भन्दै सभामुख अम्बर विष्टलाई यस्तो संकल्प प्रस्ताव दर्ता गर्न नमिल्ने भनी पत्र पठाएका थिए ।

Koshi-pradesh-samarthak-prastabak1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप