बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश सरकारमा जाने एमालेका मन्त्रीको लाग्यो टुंगो

बिहीबार, ०६ वैशाख २०८१, ०९ : १९
बिहीबार, ०६ वैशाख २०८१

बुटवल । नेकपा एमालेको तर्फबाट लुम्बिनी प्रदेश सरकारमा मन्त्रीहरू थपिने भएका छन् । एमाले संसदीय दलको कार्यालयले दिएको जानकारी अनुसार भूमिश्वर ढकाल (रुपन्देही), दिनेश पन्थी (गुल्मी), अर्जुन कुमार केसी (कपिलवस्तु) र रत्नबहादुर खत्री (बाँके)लाई  सरकारमा पठाउने  निर्णय गरेको छ ।

यसअघि एमालेबाट चेतनारायण आचार्य मन्त्री बनिसकेका छन् । एमालेबाट मन्त्री बन्नेकाहरुलाई कुन मन्त्रालय दिने भन्ने विषयमा छलफल जारी छ । 

लुम्बिनीमा यसअघि चार सदस्यीय  मन्त्री मण्डल गठन भएको छ। एमालेबाट मन्त्री बन्नेहरूलाई आजै नियुक्त  गर्ने तयारी भईरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप