बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

यूएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु

बिहीबार, ०६ वैशाख २०८१, १७ : २६
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (यूएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो ।

युएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । उनी सोही स्थानमा रहेको बेल क्याफे रेष्टुरेन्टुमा काम गर्ने गरेको दूतावासले जनाएको छ । 

युएईमा दुई दिनदेखि वर्षा जारी रहेको छ । बाढीका कारण युएईका सरकारी कार्यालय बन्द रहेको दूतावासले जनाएको छ । 

सरकारी कार्यालय बन्द भएका कारण मृतकको विषयमा थप जानकारी लिन नसकिएको दूतावासले बताएको छ । पुन भिजिट भिसामा युएई पुगेको दूतावासले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप