शनिबार, १२ जेठ २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारीमाा पठाउँछु भनेर ठगेको आरोपमा दुई जना पक्राउ

शुक्रबार, ०७ वैशाख २०८१, १७ : ३०
शुक्रबार, ०७ वैशाख २०८१

काठमाडौं । वैदेशिक रोजगारीमा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको कालिञ्चोक घर भएका ३१ वर्षीय अरुण शिवाकोटी र धनकुटाको महालक्ष्मी नगरपालिका–६ घर भएका ४१ वर्षीय जगनाथ नेपाल छन् ।

शिवाकोटीले पोल्याण्ड पठाउँछु भनेर किसन विश्वकर्मा सहित दुई जनासँग ३ लाख ५० हजार रकम ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रविन्द्र रेग्मीले रातोपाटीलाई बताए । शिवाकोटी पेप्सीकोलाबाट पक्राउ परेका हुन् ।

अर्का आरोपी नेपालले दुबई पठाउँछु भनेर १ लाख रुपैयाँ ठगेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप