अनेरास्ववियुको अध्यक्षका लागि ५ जना सचिवहरूबिच प्रतिस्पर्धा

समाचार सारांश
- अनेरास्ववियुको अध्यक्षका लागि पाँच जना सचिवबीच प्रतिस्पर्धा हुने भएको छ, जसमा डा. सुजन कडेरिया र प्रकाश पौडेल मुख्य प्रतिस्पर्धी छन्।
- ३२ वर्षे उमेर हदका कारण चार उपाध्यक्ष र एक महासचिव अध्यक्षको दौडबाट बाहिरिएका छन्, जसले गर्दा सचिवहरूबीच प्रतिस्पर्धा बढेको छ।
- अध्यक्षका उम्मेदवारहरूले चुनावी एजेन्डा बनाउने र प्रचार प्रसारलाई तीव्रता दिएका छन्, साथै सामाजिक सञ्जालमार्फत चुनावी प्रचार समेत भइरहेको छ।
काठमाडौँ । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको अध्यक्षका लागि पाँच जनाबिच प्रतिस्पर्धा हुने भएको छ । हालका १० जना सचिवहरूमध्येबाट पाँच जनाबिच मात्रै प्रतिस्पर्धा हुने भएको हो ।
३२ वर्षे उमेर हदका कारण चार जना उपाध्यक्ष र एक जना महासचिव अध्यक्षको प्रतिस्पर्धाबाट बाहिरिएका छन् । उनीहरू बाहिरिएपछि सचिवहरूबिच प्रतिस्पर्धा हुन लागेको हो । अनेरास्ववियुको २४ औँ महाधिवेशन जेठ २५ देखि २८ गतेसम्म काठमाडौँमा हुँदैछ । त्यसका लागि ३२ वर्ष उमेर पुरा नभएका पाँच जना सचिवहरूबिच प्रतिस्पर्धा हुन लागेको हो ।
अब अध्यक्षका लागि सचिवहरू डा.सुजन कडेरिया, प्रकाश पौडेल, अञ्जना शिवाकोटी, दीपक धामी र आरती भट्टराईबिच प्रतिस्पर्धा हुनेछ । तीमध्ये डाक्टर कडेरिया र पौडेलबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । कडेरिया अनेरास्ववियुभित्र राम्रो पकड भएका मानिन्छन् ।
उनीहरूले सोहीअनुसार तयारी थालेका छन् । उनीहरूले चुनावी एजेन्डाहरू बनाउनेदेखि प्रचार प्रसारलाई समेत अघि बढाएका हुन् । अध्यक्षका प्रतिस्पर्धी डाक्टर कडेरियामाथि ‘डाक्टर भएर पनि किन विद्यार्थी आन्दोलनमा भन्ने प्रश्न उठ्ने गरेको छ । त्यसमा उनले आफू विद्यार्थी भएकाले विद्यार्थी आन्दोलनमा सहभागी रहेको बताए । उनी अनेरास्ववियु बागमती प्रदेश इन्चार्ज हुन् ।
‘पढाइमा मेहेनत गर्छु, अध्ययनशील छु । विद्यार्थीकै मुद्दा उठाउँछु । विद्यार्थीबाटै अनुमोदन भएर आएको छु । फुस्रा शब्दभन्दा बढी कर्ममा विश्वास गर्छु । र सबैभन्दा महत्त्वपूर्ण विद्यार्थीकै बिचबाट, विद्यार्थीकै लागि मात्र आएको छैन, उनीहरूलाई हौसला पनि दिन सकेको छु,’ कडेरियाले भने ।
अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी सचिव पदमा ‘म्यान अफ दि इलेक्शन’ हुँदै निर्वाचित भएका थिए । अनेरास्ववियुको केन्द्रीय सचिव भई, डा.कडरियाले दुई वर्षको अवधिमा एक हजार ४२ नयाँ कमिटी गठन गरी नयाँ युवा विद्यार्थीहरूलाई जोड्न सफल भएका छन् ।
अर्का दाबेदार हुन्, हालका सचिव तथा प्रवक्ता प्रकाश पौडेल । २०७९ सालको अनेरास्ववियुको २३ औँ महाधिवेशनबाट केन्द्रीय सचिव निर्वाचित भएका थिए । उनले समेत विगतदेखि नै उमेर हदको कुरा उठान गर्दै आएका थिए । उनले समेत चुनावी प्रचार प्रसारको कार्य अघि बढाएका छन् ।
त्यस्तै रामकुमारी झाँक्री, नवीना लामा, सुनिता बरालपछि महिला अध्यक्ष बन्ने दाउमा अञ्जना र आरती छन् । उनीहरू दुवै जनाले समेत चुनावी प्रचार प्रसारलाई अघि बढाएका छन् । दुवै जनालाई सङ्गठनकै अध्यक्ष बाहेकका पदमा समेत व्यवस्थापन गर्न खोजिएको छ । तर, दुवै जनाले चुनावी प्रचार प्रसारलाई तीव्रता दिएका छन् । आफूहरू पछि नहट्ने समेत दाबी गर्दै आएका छन् ।
त्यस्तै अध्यक्षको दाबेदारीमा रहेका अध्यक्ष सचिव हुन्, दीपक धामी । अनेरास्ववियु सुदूरपश्चिम इन्चार्ज समेत रहेका धामीलाई सुदूरपश्चिमबाट अनेरास्ववियुका नेता कार्यकर्ताको बलियो साथ देखिएको छ ।
अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागू भएपछि हालका चार जना उपाध्यक्षहरू नारायण घर्ती, गोविन्द गिरी, मर्यादा विष्ट, धर्म गिरी तथा महासचिव नरेश रोकाया अध्यक्षको दौडबाट बाहिरिएका हुन् । उम्मेदवारका प्रत्याशीहरूले सामाजिक सञ्जालमार्फत चुनावी प्रचार प्रसार गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अर्ग्यानिक कर्णाली’को आधार नै बनेको छैन
-
रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो पक्राउ
-
अर्ग्यानिकमै गएर आत्मनिर्भर हुने अवस्था छैन
-
राजतन्त्रको पक्षमा आन्दोलन गर्दा घाइते भएकाहरूको उपचार सरकारले गरोस् : सांसद तामाङ
-
रास्वपाले संसदीय समितिबाटै माग्यो गृहमन्त्री लेखकको राजीनामा
-
नारामै सीमित भयो ‘अर्ग्यानिक कर्णाली’