बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय

पर्सामा एक कामदारको मृत्यु

सोमबार, १९ जेठ २०८२, २० : २६
सोमबार, १९ जेठ २०८२

वीरगञ्ज । पर्सामा एक कामदारको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ मुसैलीस्थित श्री आदर्श क्रेसर उद्योग प्रा.लि.मा काम गर्ने क्रममा साेमबार साेही ठाउँका १८ वर्षिय अजय मण्डलको मृत्यु भएको हाे ।

पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी) एवं प्रवक्ता किशोर लम्सालका अनुसार मण्डलको ढुङ्गा फोड्ने क्रममा मेसिनको बेल्ट अचानक चुडिँदा ढुङ्गाको धुलो र बेल्टले बेरिएर मृत्यु भएको हो ।

घटना शंकास्पद रहेको भन्दै लम्सालको नेतृत्वमा छुट्टै टोलीले छानबिन गरिरहेको बताइएको छ । मण्डलको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप