जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा छुट्टाछुट्टै स्थानबाट २ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार बर्दियामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-२ बस्ने २० वर्षीय चन्द्र बहादुर सुनारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी कैलालीमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-१ वनगाउँ दक्षिण पुरूवा बस्ने २३ वर्षीय ओमप्रकाश घर्ती मगरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मगरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : कोशी र मधेस प्रदेशमा धेरै वर्षाको सम्भावना
-
पक्की सडकले सुगम बने पर्वतका ग्रामीण बस्ती
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहाेस् राशिफल
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा एक ढिक्का भएर लाग्न जरुरी: सभामुख
-
आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस