संयुक्त जनआन्दोलन समितिद्वारा आजको उपत्यका बन्द कार्यक्रम फिर्ता

समाचार सारांश
- संयुक्त जनआन्दोलन समितिले सोमबारका लागि घोषणा गरेको उपत्यका बन्द फिर्ता लियो।
- समितिले हिरासतमा लिइएका नेताहरू रिहा भइसकेको जनाउँदै बन्द फिर्ता लिएको विज्ञप्ति जारी गर्यो।
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको बन्दमा सहभागिता नहुने सामाजिक सञ्जालमार्फत जानकारी गराए।
काठमाडौं। संयुक्त जनआन्दोलन समितिले आज (सोमबार) को लागि घोषणा गरेको उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ। समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै कार्यक्रम फिर्ता लिएको जानकारी दिएका हुन् ।
आइतबारको प्रर्दशनको क्रममा हिरासतमा लिइएका नेताहरू रिहा भइसकेको भन्दै समितिले बन्द कार्यक्रम फिर्ता लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
यसअघि, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार सामाजिक सञ्जालमा फेसबुक मार्फत सोमबार हुने भनिएको उपत्यका बन्दको कार्यक्रममा राप्रपाको सहभागिता नरहने जनाएका थिए ।
‘सामान्यतया राप्रपा बन्द हडताल जस्तो अलोकप्रिय कार्यक्रमको विपक्षमा छ। आज सरकारको तर्फबाट पक्राउमा परेका नेता कार्यकर्ताहरूको रिहाइको विशेष सन्दर्भमा उपत्यका बन्दको प्रसङ्ग उठेको भए पनि पक्राउ परेका नेता कार्यकर्ताहरू रिहा भइसक्नुभएको हुँदा भोलि हुने भनिएको उपत्यका बन्दको कार्यक्रममा राप्रपाको सहभागिता नरहने जानकारी गराउँछु,’ अध्यक्ष लिङ्देनले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पाण्डेको निलम्बनदेखि हडताल फिर्तासम्म
-
सञ्चालनमा आए सार्वजनिक यातायात
-
इनफिनिक्स नोट ५० एक्स नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ?
-
च्याम्पियन बन्न पञ्जाबले १ सय ९१ रन बनाउनुपर्ने
-
पायोनियर मोटोकर्पले ’जिकर एक्स’ इलेक्ट्रिक लक्जरी एसयूभी सुलभ मूल्यमा ल्यायो
-
राप्रपाको आरोप : हिंसा भड्काउन प्रचण्डले कार्यकर्तालाई उक्साए