संयुक्त जनआन्दोलन समितिद्वारा आजको उपत्यका बन्द कार्यक्रम फिर्ता
सारांश
- संयुक्त जनआन्दोलन समितिले सोमबारका लागि घोषणा गरेको उपत्यका बन्द फिर्ता लियो।
- समितिले हिरासतमा लिइएका नेताहरू रिहा भइसकेको जनाउँदै बन्द फिर्ता लिएको विज्ञप्ति जारी गर्यो।
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको बन्दमा सहभागिता नहुने सामाजिक सञ्जालमार्फत जानकारी गराए।
काठमाडौं। संयुक्त जनआन्दोलन समितिले आज (सोमबार) को लागि घोषणा गरेको उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ। समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै कार्यक्रम फिर्ता लिएको जानकारी दिएका हुन् ।
आइतबारको प्रर्दशनको क्रममा हिरासतमा लिइएका नेताहरू रिहा भइसकेको भन्दै समितिले बन्द कार्यक्रम फिर्ता लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
यसअघि, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार सामाजिक सञ्जालमा फेसबुक मार्फत सोमबार हुने भनिएको उपत्यका बन्दको कार्यक्रममा राप्रपाको सहभागिता नरहने जनाएका थिए ।
‘सामान्यतया राप्रपा बन्द हडताल जस्तो अलोकप्रिय कार्यक्रमको विपक्षमा छ। आज सरकारको तर्फबाट पक्राउमा परेका नेता कार्यकर्ताहरूको रिहाइको विशेष सन्दर्भमा उपत्यका बन्दको प्रसङ्ग उठेको भए पनि पक्राउ परेका नेता कार्यकर्ताहरू रिहा भइसक्नुभएको हुँदा भोलि हुने भनिएको उपत्यका बन्दको कार्यक्रममा राप्रपाको सहभागिता नरहने जानकारी गराउँछु,’ अध्यक्ष लिङ्देनले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण