मुम्बई इन्डियन्सका खेलाडीलाई दोहोरो झट्का
सारांश
- मुम्बई इन्डियन्स आईपीएलको दोस्रो क्वालिफायरमा पञ्जाब किंग्ससँग पराजित भयो, जसले गर्दा उपाधि जित्ने सपना अधुरै रह्यो।
- खेलमा हारपछि, बीसीसीआईले 'स्लो ओभर रेट' को कारण मुम्बईका कप्तान हार्दिक पाण्ड्यासहित सम्पूर्ण खेलाडीलाई जरिवाना लगायो।
- कप्तान पाण्ड्यालाई ३० लाख र अन्य खेलाडीलाई जनही १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको छ, जसले गर्दा कुल जरिवाना १ करोड ६२ लाख पुग्यो।
काठमाडौँ । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई आईपीएलको १८ औँ संस्करणमा पनि उपाधिको बलियो दाबेदारका रुपमा हेरिएको थियो । तर, प्रतियोगिताको दोस्रो क्वालिफायर खेलमा पञ्जाब किङ्ससँग पराजित भएपछि छैटौँपटक उपाधि चुम्ने मुम्बईको सपना अधुरै रह्यो ।
यो हारेपछि हार्दिक पाण्ड्याको कप्तानीमा रहेको मुम्बई स्तब्धः बनेको छ । मुम्बईको टोली दोस्रो क्वालिफायर खेलमा पराजित हुँदै उपाधि होडबाट त बाहिरियो नै, सँगसँगै उक्त खेलपछि मुम्बईका खेलाडीलाई अर्को झट्का पनि लगेको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले उक्त खेलपछि मुम्बई इन्डियन्सका कप्तान पाण्ड्यासँगै टोलीका सम्पूर्ण खेलाडीमाथि ठुलो जरिवाना तिराएको छ । बीसीसीआईले ‘स्लो ओभर रेट’ का कारण उनीहरुलाई कारबाही गरेको हो ।
जारी सिजनको आईपीएलमा मुम्बई इन्डियन्स ‘स्लो ओभर रेट’ मा तेस्रो पटक दोषी देखिएको हो । त्यसैले कप्तान पाण्ड्यासँगै टोलीका अन्य खेलाडीमाथि पनि जरिवाना लगाइएको हो । बोर्डले कप्तान पाण्ड्यामाथि ३० लाख भारतीय रुपैयाँ जरिवाना लगाएको छ ।
यसैगरी, इम्प्याक्टसहित टोलीका अन्य खेलाडीलाई पनि जनही १२ लाख भारतीय रुपैयाँ जरिवाना लगाइएको समाचारमा जनाइएको छ ।
सबै रकमलाई जोड्दा पञ्जाबविरुद्ध खेलमा ‘स्लो ओभर रेट’ कारण मुम्बई इन्डियन्सका खेलाडीले कुल एक करोड ६२ लाख रुपैयाँ जरिवाना तिर्नु परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र' को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026