मुम्बई इन्डियन्सका खेलाडीलाई दोहोरो झट्का

समाचार सारांश
- मुम्बई इन्डियन्स आईपीएलको दोस्रो क्वालिफायरमा पञ्जाब किंग्ससँग पराजित भयो, जसले गर्दा उपाधि जित्ने सपना अधुरै रह्यो।
- खेलमा हारपछि, बीसीसीआईले 'स्लो ओभर रेट' को कारण मुम्बईका कप्तान हार्दिक पाण्ड्यासहित सम्पूर्ण खेलाडीलाई जरिवाना लगायो।
- कप्तान पाण्ड्यालाई ३० लाख र अन्य खेलाडीलाई जनही १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको छ, जसले गर्दा कुल जरिवाना १ करोड ६२ लाख पुग्यो।
काठमाडौँ । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई आईपीएलको १८ औँ संस्करणमा पनि उपाधिको बलियो दाबेदारका रुपमा हेरिएको थियो । तर, प्रतियोगिताको दोस्रो क्वालिफायर खेलमा पञ्जाब किङ्ससँग पराजित भएपछि छैटौँपटक उपाधि चुम्ने मुम्बईको सपना अधुरै रह्यो ।
यो हारेपछि हार्दिक पाण्ड्याको कप्तानीमा रहेको मुम्बई स्तब्धः बनेको छ । मुम्बईको टोली दोस्रो क्वालिफायर खेलमा पराजित हुँदै उपाधि होडबाट त बाहिरियो नै, सँगसँगै उक्त खेलपछि मुम्बईका खेलाडीलाई अर्को झट्का पनि लगेको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले उक्त खेलपछि मुम्बई इन्डियन्सका कप्तान पाण्ड्यासँगै टोलीका सम्पूर्ण खेलाडीमाथि ठुलो जरिवाना तिराएको छ । बीसीसीआईले ‘स्लो ओभर रेट’ का कारण उनीहरुलाई कारबाही गरेको हो ।
जारी सिजनको आईपीएलमा मुम्बई इन्डियन्स ‘स्लो ओभर रेट’ मा तेस्रो पटक दोषी देखिएको हो । त्यसैले कप्तान पाण्ड्यासँगै टोलीका अन्य खेलाडीमाथि पनि जरिवाना लगाइएको हो । बोर्डले कप्तान पाण्ड्यामाथि ३० लाख भारतीय रुपैयाँ जरिवाना लगाएको छ ।
यसैगरी, इम्प्याक्टसहित टोलीका अन्य खेलाडीलाई पनि जनही १२ लाख भारतीय रुपैयाँ जरिवाना लगाइएको समाचारमा जनाइएको छ ।
सबै रकमलाई जोड्दा पञ्जाबविरुद्ध खेलमा ‘स्लो ओभर रेट’ कारण मुम्बई इन्डियन्सका खेलाडीले कुल एक करोड ६२ लाख रुपैयाँ जरिवाना तिर्नु परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा एक ढिक्का भएर लाग्न जरुरी: सभामुख
-
आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस
-
‘कर्मचारी खेलकुद प्रतियोगिता’ हुने
-
अन्नपूर्ण क्षेत्रमा आउने विदेशी पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि
-
महिनावारी नहुनु वा ढिलाइ हुनुका आठ कारण