शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा बाघको आक्रमणबाट एक पुरुष घाइते

सोमबार, १० वैशाख २०८१, २० : ५९
सोमबार, १० वैशाख २०८१

रौतहट । बाघको आक्रमणबाट डिभिजन वन कार्यालय रौतहटका एक चौकीदार घाइते भएका छन् । बाघको आक्रमणबाट चन्द्रपुर नगरपालिका २ स्थित मलेनियामाइ सामुदायिक वन उपभोक्ता समूहका वन हेरालु गंगा कुमर  घाइते भएका हुन् । 

सोमवार अपरान्ह सामुदायिक वन क्षेत्रको अवस्था बुझ्न गएका कुमरलाई जंगलमै बाघले आक्रमण गरेको थियो । घाइते कुमरलाई चन्द्रपुरमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप