कतारका राजाको नेपाल भ्रमण : कहाँ–कहाँ हुन्छ सडक अवरुद्ध ?
काठमाडौँ । कतारका राजा अमिर शेख तमिम बिल हमाद अल थानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछन् । अमिर शेखको भ्रमण अवधिभर अन्तर्राष्ट्रिय विमानस्थलबाट बानेश्वर हुँदै शीतल निवाससम्म र शीतल निवासबाट सोल्टीमोडसम्मको सडक डिस्टर्व हुने भएको छ ।
भ्रमण अवधिभर सार्वजनिक र निजी सवारी चल्न रोक लगाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआईजी पोषराज पोखरेलले रातोपाटीलाई बताए । उनले भने,‘शीतल निवासबाट एयरपोर्टसम्म चल्ने सवारीसाधनलाई डाइभर्ट गर्न थालिसक्यौँ ।’
कतारका राजालाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र्र पौडेले विमानस्थलमा जाँदै छन् । राष्ट्रपति पौडेलले स्वागत गरेपछि कतारी अमिर विमानस्थलबाट शीतल निवास जाने कार्यक्रम छ । शीतल निवासको भेटवार्ता सकेपछि कतारका राजा सोल्टी होटलतर्फ जाँदा सो रुटमा भिभिआईपीको कारगेड बाहेक अन्य सवारी निषेध गरिने डीआईजी पोखरेलले बताए ।
विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि–२०७७ अनुसार कतारका राजालाई ‘अति विशिष्ट स्तरको सुरक्षा’ दिने निर्णय गरिएको छ । साँझ ७ बजेभन्दा पछि पनि सडक जाम हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयका अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण