शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा आगलागीबाट ७ घर जलेर नष्ट

मङ्गलबार, ११ वैशाख २०८१, २१ : ०९
मङ्गलबार, ११ वैशाख २०८१

रौतहट । रौतहटको देवाहि गोनाही– १ करुनियास्थित आगलागीबाट ७ वटा घर जलेर नष्ट भएका छन् । मंगलबार अपराह्न भएको आगलागीबाट ७ घर जल्दा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ । 

विद्युतको तार सर्ट भएर आगलागी हुँदा स्थानीय साबिर हुसेन, नजारुल अन्सारी, अनसारुल अन्सारी, ईद महमद, मजिद अन्सारी, सोबराती अन्सारी र अलिशेर अन्सारीको घर जलेर नष्ट भएका हुन् ।  

आगलागीबाट अन्न, लत्ताकपडा, भाडा, नगदसहित घरहरू जलेर पूर्ण रूपमा नष्ट हुँदा कुल १६ लाख ९० हजार बराबरको क्षति भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँले बताए ।

प्रहरी र स्थानीयको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप