चेन्नई लखनउसँग ६ विकेटले पराजित
काठमाडौं । मार्कस स्टोइनिसले अविजित १२४ रनको शतकीय योगदान दिँदा इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।
चेन्नईमा भएको खेलमा स्टोइनिसको आक्रामक ब्याटिङका कारण घरेलु टिमले दिएको २११ रनको लक्ष्य लखनउले १९ ओभर तीन बलमा चार विकेट गुमाउँदै पूरा गर्यो । उनले ६३ बलमा १३ चौका र ६ छक्का प्रहार गरेका थिए ।
ओपनर क्वीन्टन डि ककलाई पहिलो ओभरमै गुमाएको लखनउका लागि निकोलस पुरनले ३४, दीपक हुडाले १७, केएल राहुलले १६ तथा देवदत्त पड्डिकलले १३ रन जोडे । बलिङतर्फ मथिसा पाथिरानाले दुई विकेट लिँदा दीपक चहर र मुस्ताफिजुर रहमानले एक एक विकेट लिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा चार विकेट गुमाउँदै २१० रन बनाएको थियो । उसका लागि कप्तान रुतुराज गायकवार्डले अविजित १०८ रनको शतकीय योगदान दिए । ६० बलको सामना गरेका गायकवार्डले १२ चौका र तीन छक्का प्रहार गरेका थिए । यस्तै शिवम् दुबेले पनि २७ बलमा सात छक्का र तीन चौकाको मद्धतमा ६६ रन बनाएका थिए ।
जितसँगै लखनउ आठ खेलबाट १० अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ भने समान खेलबाट आठ अंक जोडेको चेन्नई पाँचौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
-
आइभरी कोस्टविरुद्ध नर्वेलाई अग्रता, नुसाले गरे गोल
-
जर्मनीकी विकासमन्त्रीसँग राप्रपा सांसद ओलीको भेट
-
एन्फा पूर्व अध्यक्ष शेर्पा हाजिर जमानीमा रिहा
-
एकैपटक हवाई इन्धनको मूल्यमा भारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण