सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

अनमोलको ‘फर्की फर्की’को धमाधम विदेश राइट बिक्री

बुधबार, १२ वैशाख २०८१, ११ : ०९
बुधबार, १२ वैशाख २०८१

काठमाडौँ । अभिनेता अनमोल केसी अभिनीत फिल्म हो ‘फर्की फर्की’ । आगामी जेठ १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मको केही दिन अगाडि ट्रेलर सार्वजनिक भएको थियो । 

यसैबिच फिल्मको विदेश राइट समेत बिक्री हुन थालेका छ । निर्माता रोहित अधिकारीले फिल्मको विदेश प्रदर्शन राइट धमाधम विक्री भइरहेको बताए ।

फिल्मलाई जापानमा सुभाष लामिछानेले वितरण गर्ने पक्का भएको छ । यस्तै, दक्षिण कोरियामा फिल्मको वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रा.लिले लिएको छ ।

यस्तै, नेपाली फिल्मका लागि सर्वाधिक राम्रो मानिएको अस्ट्रेलियाको बजारमा ब्ल्याक आई क्रियशनले फिल्म वितरणको जिम्मा लिएको छ । हङकङमा भने फिल्मलाई ओपिजी फिल्मस्ले किनेको छ । 

यी बाहेक अन्य देशमा पनि फिल्मको अधिकार विक्रीका लागि कुरा भइरहेको निर्माता रोहित अधिकारीले जानकारी दिएका छन् । फिल्म जेठको १० गते नेपालसँगै विदेशका अधिकांश ठाउँमा रिलिज हुनेछ ।

सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल लगायतका कलाकारको अभिनय रहनेछ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप