अनमोलको ‘फर्की फर्की’को धमाधम विदेश राइट बिक्री
काठमाडौँ । अभिनेता अनमोल केसी अभिनीत फिल्म हो ‘फर्की फर्की’ । आगामी जेठ १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मको केही दिन अगाडि ट्रेलर सार्वजनिक भएको थियो ।
यसैबिच फिल्मको विदेश राइट समेत बिक्री हुन थालेका छ । निर्माता रोहित अधिकारीले फिल्मको विदेश प्रदर्शन राइट धमाधम विक्री भइरहेको बताए ।
फिल्मलाई जापानमा सुभाष लामिछानेले वितरण गर्ने पक्का भएको छ । यस्तै, दक्षिण कोरियामा फिल्मको वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रा.लिले लिएको छ ।
यस्तै, नेपाली फिल्मका लागि सर्वाधिक राम्रो मानिएको अस्ट्रेलियाको बजारमा ब्ल्याक आई क्रियशनले फिल्म वितरणको जिम्मा लिएको छ । हङकङमा भने फिल्मलाई ओपिजी फिल्मस्ले किनेको छ ।
यी बाहेक अन्य देशमा पनि फिल्मको अधिकार विक्रीका लागि कुरा भइरहेको निर्माता रोहित अधिकारीले जानकारी दिएका छन् । फिल्म जेठको १० गते नेपालसँगै विदेशका अधिकांश ठाउँमा रिलिज हुनेछ ।
सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल लगायतका कलाकारको अभिनय रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण