सर्वोच्च अदालतको प्रश्नपछि पतञ्जलिले पत्रपत्रिकामा फेरि छाप्यो माफीनामा

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले पतञ्जलि आयुर्वेदको सार्वजनिक माफीको आकारमा प्रश्न उठाएको भोलिपल्ट कम्पनीले बुधबार प्रमुख पत्रपत्रिकाहरूमा फेरि माफीनामा छपाएको छ । यस पटक पृष्ठको करिब एक चौथाइभरिको माफी छापिएको छ । यो माफी योग गुरु रामदेव र पतञ्जलिका प्रबन्ध निर्देशक आचार्य बालकृष्णले मागेका हुन् ।
यसमा भनिएको छ, ‘माननीय सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको सन्दर्भमा माननीय सर्वोच्च अदालतको निर्देशन÷आदेशको पालना नगरेको वा अवज्ञाका लागि व्यक्तिगत रूपमा साथै कम्पनीको तर्फबाट पनि हामी निःशर्त क्षमायाचना व्यक्त गर्दछौँ । सन् २०२३ को नोभेम्बर २३ मा पत्रकार सम्मेलन आयोजना गरेकोमा पनि हामी माफी चाहन्छौँ,’ माफीनामामा लेखिएको छ ।
विज्ञापनको प्रकाशनमा भएको त्रुटिका लागि पनि आफूहरूले इमानदारीपूर्वक क्षमा चाहेको अनि त्यस्ता त्रुटिहरू नदोहोर्याउने हृदयदेखि नै प्रतिबद्धता व्यक्त गरेको पनि बताइएको छ । अदालतको निर्देशनलाई पूर्ण सावधानी र निष्ठाका साथ पालन गर्ने वाचा गर्दै अदालतको महिमाको सम्मान बनाइराख्न र प्रचलित कानुन एवम् अदालत/अधिकारीहरूको निर्देशनहरूको पालना गर्ने वचन दिएका थिए ।
मंगलबारको सुनुवाइका क्रममा सर्वोच्च अदालतले पतञ्जलि र रामदेवको तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता मुकुल रोहतगीलाई पत्रपत्रिकामा प्रकाशित माफी पत्र काटेर जस्ताको त्यस्तै सर्वोच्चमा पेस गर्न भनेको थियो । माइक्रोस्कोप नै प्रयोग गर्नु पर्ने विज्ञापन हेर्न नपरोस् भन्ने अदालतको भनाइ थियो । सोमबार पतञ्जलिले ६७ ओटा पत्रपत्रिकामा माफीनामा छापेको थियो । तर, यी माफीनामा पतञ्जलिको उत्पादनको विज्ञापन जत्तिकै ठुलो छ त भनेर सर्वोच्च अदालतले प्रश्न गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योगमन्त्री दामोदर भण्डारी र मोल्डोभाका परराष्ट्रमन्त्रीबीच भेटर्वार्ता
-
त्रिवि क्रिकेट मैदान निरीक्षण गर्न प्रधानमन्त्री सचिवालयको टोली राति पुग्यो कीर्तिपुर
-
१२ बजे, १२ समाचार : पिके क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी बागी उम्मेदवार विजयीदेखि महायज्ञका नाममा दलित परिवारलाई धाकधम्कीसम्म
-
पिके क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी बागी उम्मेदवार भूपी विजयी
-
पूर्वराष्ट्रपतिबाट पाँच जना सम्मानित
-
सिद्धार्थनगर मुलुककै उत्कृष्ट पालिका