सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

चीन पुगे अमेरिकी विदेशमन्त्री

बुधबार, १२ वैशाख २०८१, १५ : २७
बुधबार, १२ वैशाख २०८१

संघाई । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन तीन दिने चीन भ्रमणका लागि संघाई पुगेका छन् । अमेरिकी विदेशमन्त्रीको यो भ्रमण उतारचढाव भोगिरहेको चीन र अमेरिकाबिचको सम्बन्धलाई स्थिर बनाउन केन्द्रित रहने बताइएको छ ।

भेटवार्तामा रुस–युक्रेन युद्ध, दक्षिण चीन सागर र ताइवानको मुद्दा पनि उठ्न सक्ने बीबीसीको समाचारमा उल्लेख छ । दुई देशबिच यी क्षेत्रमा टकराव कम गर्ने विषयमा छलफल हुने बताइएको छ ।

गत  वर्ष अमेरिकाले कथितरुपमा चिनियाँ जासुसी बेलुन खसाएको थियो । यस घटनापछि दुई देशबिचको तनाव झन् बढेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप