विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा
काठमाडौँ । विश्व ट्रायथलन महासंघकी अध्यक्ष मारिसोल कासाडो तीन दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौँ आइपुगेकी छन् । नेपालमा पछिल्लो समय ट्रायथलन खेलमा भएको प्रगतिबाट प्रभावित कासाडो सद्भावना भ्रमणका लागि नेपाल आएकी हुन् ।
यसक्रममा उनी पोखरा पनि जानेछिन् । पोखरामा शनिबार एसियनकप एन्ड साउथ एसियन ट्रायथलन च्याम्पिनयसप–२०२४ आयोजना हुँदैछ । प्रतियोगितामा १५ देशका ६५ जनाभन्दा बढी खेलाडीको सहभागिता रहने बताइएको छ ।
यो प्रतियोगिता विश्व ट्रायथलनबाट मान्यता प्राप्त र आधिकारिक प्रतियोगिता हो । नेपालले सन् २०१५ देखि साउथ एसियन ट्रायथलन र सन् २०१९ देखि एसिया ट्रायथलन कपको आयोजना गर्दै आएको छ । विश्व ट्रायथलनका महासचिव आन्टोनियो अरमानी पनि नेपाल आउने कार्यक्रम रहेको छ ।
महासचिव अरमानी शुक्रबार काठमाडौँ बताइएको छ । नेपाल ओलम्पिक कमिटीका महासचिव तथा नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले अध्यक्ष कासाडोलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । विश्व ट्रायथलन महासंघको मुख्यालय भने स्वीट्जरल्यान्डको लुसानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण