राप्रपाका पूर्वकेन्द्रीय सदस्य बलबहादुर केसीको निधन
बिहीबार, १३ वैशाख २०८१, २१ : २६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वकेन्द्रीय सदस्य बलबहादुर केसीको निधन भएको छ । बिहीबार अपराह्न उपचारको क्रममा केसीको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएका हो ।
काठमाडौँको चावाहिल निवासी उनी झण्डै ६ महिनादेखि मुटुको समस्याबाट पीडित थिए । डेढ वर्षअघि केसीकी श्रीमतीको पनि निधन भएको थियो ।
दोलखामा जन्मिएका केसीले आफ्नै निजी लगानीमा दोलखाका दुर्गम क्षेत्रमा बाटो बनाउने जस्ता काम गरेर समाजसेवीको समेत भूमिका निर्वाह गरेका थिए । स्वास्थ्य समस्याका कारण पछिल्लो समय उनी राजनीतिमा सक्रिय हुन सकेका थिएनन् । केसीका एक छोरा र एक छोरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा शृङ्खलाबद्ध चोरीमा संलग्न २ जना पक्राउ
-
जडेजा चम्किँदा चेन्नईले पञ्जाबलाई हरायो
-
रामकुमार र इन्दुकुमारीलाई माओवादीले जिम्मेवारीबाट हटायो
-
क्षेत्री माओवादी केन्द्रीय सदस्यमा मनोनीत
-
माओवादी केन्द्र एसिया समन्वय प्रदेश समितिको सह–इन्चार्जमा शर्मा
-
मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मत विवादमा : कांग्रेस अदालत जाने