मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

१ करोड ३६ लाख ठगेको आरोपमा गोल्ड माइन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

बुधबार, १९ वैशाख २०८१, ११ : ३९
बुधबार, १९ वैशाख २०८१

काठमाडौँ । काठमाडौँको मैतीदेवीमा सञ्चालित गोल्ड माइन कन्सल्टेन्सीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको बालुवाटार घर भएकी कन्सल्टेन्सी सञ्चालिका मञ्जु रानामगरलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा उनलाई सहयोग गर्ने ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका घर भएकी ३८ वर्षीया तिर्थमाया कार्की पनि छन् ।

कन्सल्टेन्सी सञ्चालिका मञ्जुले चेक रिपब्लिक र सर्बिया पठाउँछु भनेर १ करोड ३६ लाख रकम ठगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । उनीविरुद्ध १७ जना पीडितले जाहेरी दिएका छन् ।

तिर्थमाया ४ जना पीडितबाट २४ लाख लिएर फरार भएकी थिइन् । मन्जु राना मगर मार्फत विदेश पठाउने भनेर रकम असुल गरेको उनले प्रहरीसँग बताएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप