गीति सङ्ग्रह ‘ज्योतिको सँगालो’ सार्वजनिक
_O9VSAAFQgX.jpg)
काठमाडौँ । गीतिसंग्रह ‘ज्योतिको सँगालो’ सार्वजनिक भएको छ । ज्योति कोइरालाको उक्त गीतिसंग्रह मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइराला, लोकगायक बम बहादुर कार्की लगायतले बुधबार एक समारोहका बिच सार्वजनिक गरे ।
पुरानो स्थानीय लयहरू सङ्कलन गरी ल्याइएको सङ्ग्रहमा ६ गीत छन् । जसमा दीपक शर्माले एकल सङ्गीत दिएका छन् । बिन्ध्याबासिनी म्युजिकले बजारमा ल्याएको गीति सङ्ग्रहमा रहेको एउटा गीतको भिडियो पनि बनेको छ ।
कार्यक्रममाझ सर्जक ज्योति कोइरालाले गीतमा ७ दशक अघिको परिवेश समेटिएको बताइन् ।
कार्यक्रममा ज्योति कोइराला र उहाँका श्रीमान् ठाकुरप्रसाद कोइरालाले डा. भगवान् कोइरालाको अध्यक्षतामा निर्माणाधीन काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ नामक गैर नाफामूलक बाल अस्पतालको निर्माणका लागी पच्चिस लाख सहयोग समेत गरेका थिए ।
कार्यक्रममा लोक गायक बमबहादुर कार्कीले ज्योतीको संगालोमा तीज भाकाका पुराना गीतहरु संग्रीहत रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ प्रतिशत दलित समुदायलाई १ प्रतिशत बजेट !
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
संघीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल
-
सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित
-
२ सय पटक सर्पले टोकेपछि मान्छेको रगतमै बन्यो एन्टिभेनम
-
जेलेन्स्कीले भने- दबाब बिना रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्दैन