शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेप्से सूचक ७ अंकले घट्यो, तीन लघुवित्तको मूल्यमा सर्किट

बिहीबार, २० वैशाख २०८१, १५ : २६
बिहीबार, २० वैशाख २०८१

काठमाडौँ । लगातार तीन दिन बढेको नेप्से सूचक अन्तिम कारोबार दिन ७ अंकमाथिले घट्दै बन्द हुन पुगेको छ । साताको अन्तिम कारोबार दिन समेत रहेको बिहीबार नेप्से सूचक ७.३१ अंकले घट्दै १९ सय ९८.९६ अंकमा झरेको हो । 

तर अघिल्लो तीन दिन खुलेको बजारमा नेप्से सूचक ४० अंकले बढेको थियो । तथापि, ७ अंकमाथिले नेप्से सूचक घटेको यस दिन पनि झण्डै सवा ४ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

बिहीबार माइक्रोफाइनान्स र ट्रेडिङ समूहको उपसूचक बाहेक ११ वटा उपसूचक ऋणात्मक भएका छन् । डेभलपमेन्ट बैंक समूह २.०३ प्रतिशतले घट्दा हाइड्रोपावर समूह १.११ प्रतिशतले घटेको छ । अरु उपसमूहको उपसूचक १ प्रतिशत कमले घटेका छन् । 

तर, यता माइक्रोफाइनान्स समूहको उपसूचक ३.४५ प्रतिशतले बढ्दा ट्रेडिङ समूहको उपसूचक आज ०.०६ प्रतिशतले मात्र बढेको छ । 

बिहीबार तीनवटा कम्पनी समता घरेलु लघुवित्त वित्तीय संस्था, इनफिनिटी लघुवित्त संस्था र साधना लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने पिपुल्स पावर लिमिटेडको सेयर मूल्य ८.२१ प्रतिशतले घट्न पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप