स्पेनिस ला लिगा : लोपेजको दुई खेलमा बार्सिलोनाको जित
काठमाडौँ । स्पेनिस ला लिगा फुटबलको बिहीबार राति खेलिएको खेलमा बार्सिलोनाले सजिलो जित हात पारेको छ । बार्सिलोनाले आफ्नो पछिल्लो खेलमा अल्मेरियालाई उसैको घरेलु मैदानमा २–० गोलले पराजित गरेको हो ।
बार्सिलोना अङ्क तालिकाको दोस्रो स्थानमा यथावत् छ । हालसम्म ३६ खेल खेलेको बार्सिलोनाले ७९ अङ्क बटुलेको छ । जारी सिजनको ला लिगाको उपाधि भने यसअघि नै रियल म्याड्रिडले जित्ने पक्का भइसकेको छ ।
रियल म्याड्रिड ३६ खेलबाट ९३ अङ्क बटुल्दै तालिकाको पहिलो स्थानमा आसिन छ । अल्मेरिया भने १७ अंकसहित तालिकामा सबैभन्दा तल छ । अल्मेरिया यो सिजन रेलिगेसनमा पर्ने पक्का भइसकेको छ । बार्सिलोनाका लागि दुवै गोल फर्मिन लोपेजले गरेका हुन् ।
उनले खेलको दुवै हाफमा एक–एक गोल गरेका थिए । खेल सुरु भएको १४औँ मिनेटमा फर्मिनले पहिलो गोल गरेका थिए । उनले नै निर्धारित समयको ६७औँ मिनेटमा टोलीका लागि दोस्रो गोल थपेका थिए ।
सोही राति खेलिएको अर्को खेलमा भ्यालेन्सिया पराजित भएको छ । रियल सोसिडाडले भ्यालेन्सियामाथि १–० गोलको प्रतिस्पर्धात्मक जित हासिल ग¥यो । ३६ खेलबाट ५७ अङ्क जोडेको रियल सोसिडाड तालिकाको छैटौँ र समान खेलबाट ४८ अङ्क बटुलेको भ्यालेन्सिया नवौँ स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण