मनीषाभन्दा अगाडि रेखालाई अफर भएको थियो ‘हीरामन्डी’मा मल्लिका जानको भूमिका
नयाँ दिल्ली । सञ्जय लीला भन्सालीको निर्देशनमा बनेको वेब सिरिज ‘हीरामन्डी: द डायमण्ड बजार’ नेटफ्लिक्समा रिलिज भइसकेको छ ।
यसमा मल्लिका जानको भूमिका खेलेर अभिनेत्री मनीषा कोइरालाले निकै चर्चा बटुलिरहेकी थिइन् । सबैले उनको अभिनयको खुबै तारिफ गरिरहेका छन् । भर्खरै एक अन्तरवार्तामा मनीषा कोइरालाले आफूलाई भन्दा अगाडि यो भूमिका अरु कसैलाई प्रस्ताव गरिएको तर केही कारणले उनले यो भूमिका नगरेपछि आफ्नो पोल्टामा आएको बताएकी थिइन् ।
फिल्मज्ञानको अन्तरवार्ताकारले मनिषालाई मल्लिका जानको भूमिका तपाईंभन्दा अगाडि बलिउडकी चर्चित अभिनेत्री रेखालाई अफर भएको थियो हो भनेर सोध्दा मनीषाले हो भनेकी हुन् । १८–२० वर्षअघि यो भूमिका आफूलाई अफर भएको रेखा स्वयम्ले फोन गरेर मनिषालाई बताएकी थिइन् । ‘वेब सिरिज हेरेपछि उनले मलाई फोन गरेकी थिइन् । यदि मैले यो भूमिका गरिन भने तिमीले गरे पनि हुने भनेर मैले प्रार्थना गरिरहेको थिएँ । मेरो प्रार्थना पूरा भयो । तिमीले गज्जबको काम गरेकी छौं । तिमीले चरित्रलाई जीवन्त बनाइदियौ ।’ रेखाले फोनमा आफूलाई भनेको मनीषाले बताइन् ।
खुसीले रोइरहेकी थिइन् मनीषा
रेखाजस्तो अभिनेत्रीको आशीर्वाद पाउनु आफ्नो लागि ठुलो कुरा भएको मनीषाले बताइन् । रेखाबाट प्रशंसा पाएपछि आफ्नो आँखा रसाएको अभिनेत्रीले बताइन् । ‘तपाईँले मलाई रुवाउँदै हुनुहुन्छ भनेर मैले उनलाई भनेको थिएँ । म रेखाको ठुलो फ्यान हुँ र उनलाई धेरै माया गर्छु ।’ मनीषाले भनेकी थिइन् । रेखाको आवाज, उनको भाव भङ्गिमा, उनको नृत्य, सबै कुरा अचम्मको भएको पनि उनले बताइन् ।
‘हीरामन्डी: द डायमण्ड बजार’मा मनीषा कोइरालाका साथै सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्ढा, सञ्जीदा शेख, शर्मिन सहगल, फरिदा जलाल, शेखर सुमन, अध्ययन सुमन जस्ता कलाकारले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । यो वेब सिरिजबाट अभिनेता फरदीन खानले १४ वर्षको अन्तरालपछि अभिनयको दुनियाँमा पुनरागमन गरेका थिए । यो वेब सिरिज नेटफ्लिक्समा मे १ मा रिलिज भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम
-
जर्जियामा ‘फरेन एजेन्ट’ विधेयकमा राष्ट्रपतिले लगाइन् भिटो
-
शीर्ष दुई टोलीको भिडन्त : राजस्थानलाई दोस्रो स्थान सुरक्षित गर्ने अवसर
-
कार्यदलको बैठकमा कांग्रेस नेता कार्की पनि थपिए
-
महानगर प्रहरीले चाबहिल चोकका घरहरूमा चलायो डोजर