सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

नारीवादी विदेश नीतिबारे बहस

बिहीबार, २७ वैशाख २०८१, २१ : ११
बिहीबार, २७ वैशाख २०८१

काठमाडौँ । परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले नेपाल जस्ता देशहरूमा पनि बिस्तारै नारीवादी विदेश नीतिमा बहस हुनु खुसीको कुराको रहेको बताएकी छन् । सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी (सीईएसआईएफ) ले नेपालस्थित अस्ट्रेलियाली दूतावास, एसिया फाउन्डेसन र यूएनडीपीको सहयोगमा महिला (नारी)वादी विदेश नीतिको सम्भावना र मार्गचित्र” को विषयमा आयोजना गरेको कार्यक्रममा सचिव लम्सालले सो कुरा बताइन् ।

लैङ्गिक समानताका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू उल्लेख गर्दै उनले लैङ्गिक अभियानकर्मी र र विभिन्न संस्थाहरूको निरन्तर वकालतपछि नेपालको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका साथै निजामती सेवामा महिला प्रतिनिधित्वलाई सुधार हुँदै गरेको बताइन् । लैङ्गिक समानता हासिल गर्न र देशको परराष्ट्र नीतिलले नारीवादी विदेश नीतिका सिद्धान्तहरू समावेश गरेको सुनिश्चित गर्न अझै लामो बाटो तय गर्न बाँकी रहेको उनको भनाई थियो ।

त्यस्तै, राष्ट्रिय सभाका सदस्य डा. अन्जान शाक्यले महिला सहभागिता प्रवर्द्धन गर्ने अन्तर्राष्ट्रिय संयन्त्र र नेपालको संवैधानिक प्रावधानलाई जोड दिएकी थिइन् । तर नेपालमा उच्च पदहरूमा महिलाको पहुँच नरहेको टिप्पणी गर्दै उनले कानुनी प्रावधानले तल्लो तहमा महिला र केटीहरूमा ठुलो आशा जगाएको बताइन् ।

त्यसैगरी निहा पाण्डेले नारीवादी विदेश नीतिका सिद्धान्तहरू एकीकरण गर्न नेपालमा सम्भावनाको खोजी गर्नुपर्ने बताइन् । नेपालको भू–राजनीतिक यथार्थता, महिला आन्दोलनको इतिहासको बारेमा पनि उनले चर्चा गरिन् ।

आईएमपीआरआईकी डा. सिमी मेहताले दक्षिण एसियामा नारीवादी विदेश नीति (एफएफपी) को विकासको खोजी गर्दै, पितृसत्तात्मक मनोवृत्तिमा रहेका चुनौतीहरूको बारेमा चर्चा गरिन् । नारीवादी आन्दोलनद्वारा, र विदेश नीतिमा लैङ्गिक संरचनाहरूको पुनः परिकल्पना गर्ने आवश्यकतामा पनि उनले जोड दिइन् ।

जर्मन एसोसिएसन फर पीस एण्ड कन्फ्लिक्ट स्टडीजका कार्यकारी निर्देशक भिक्टोरिया शेयरले जर्मनीको कार्यान्वयन मार्ग र चुनौतीहरू बारे उनले चर्चा गरिन् । विश्वव्यापी लैङ्गिक समानता केन्द्रित गर्न र अदृश्य शक्ति संरचनाहरूलाई सम्बोधन गर्न नारी विदेश नीति हुनुपर्नेमा उनले जोड दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप