सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
अदालत

कोशी सरकार गठनविरुद्धको रिट न्यायाधीश हरि फुयालको इजलासमा

शुक्रबार, २८ वैशाख २०८१, ११ : ०४
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । कोशी प्रदेश सरकार गठनविरुद्ध दायर रिटको पेशी सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालको इजलासमा  तोकिएको छ । 

कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार (हिजो) रिट दायर गरेका थिए ।  

नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएपछि त्यस विरुद्ध कांग्रेसका तर्फबाट केदार कार्कीले रिट दायर गरेका हुन् । 

सरकार गठनका निम्ति दाबी पेस गर्न प्रदेश प्रमुखले गरेको आह्वानलाई अन्तरिम आदेशमार्फत बदर गर्न कांग्रेसले रिट निवेदनमा माग गरेको छ । 

हिक्मत कार्कीले बिहीबारै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । उनलाई समर्थन गर्ने प्रदेशसभा सदस्यको सनाखत गराई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप