एमाले कपिलवस्तुको अध्यक्षमा खनाल विजयी
शुक्रबार, २८ वैशाख २०८१, २१ : २३
कपिलवस्तु । नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा बहालवाला अध्यक्ष डम्बर शर्मालाई हराउँदै बाबुराम खनाल विजयी भएका छन् ।आज भएको मतदानमा खनालले २७८ मत ल्याएका छन् भने शर्माले २५३ मत ल्याएका छन्। शर्मा कपिलवस्तु एमालेको बहालवाला अध्यक्ष हुन्।
उपाध्यक्षमा शङ्कर पाण्डेले ३१२ मत ल्याएर भेषराज पाण्डेलाई पराजित गरेका छन्। भेषराजले २०१ मत ल्याएका छन्। सचिवमा सीबी गहतराज पनि विजयी भएका छन् । उनले विश्व कार्कीलाई पराजित गरेका छन्।
गहतराजले ३०४ मत ल्याएका छन् भने कार्कीले २१२ मत ल्याएका छन्। उपसचिवमा देवीलाल पोख्रेलले जित हासिल गरेका छन् । एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गरेको एमाले जिल्ला अधिवेशनमा दुवै पक्षबिच सहमति नजुटेपछि आज मतदान भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका समूह विजेता र अस्ट्रेलिया उपविजेताका रूपमा नकआउट चरणमा
-
काठमाडौँ र पोखरामा मध्यम वर्षा, नेपालगन्जमा तातो हावाको लहर चल्ने
-
रातभरको सहमति प्रयास असफल, निराश भएर निस्किए रवि लामिछाने
-
‘नयाँ सिर्जना गर्न केही जोखिम त लिनै पर्छ’
-
छालामा देखिने राता धब्बा क्यान्सरका लक्षण हुन् ?
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण