नेपाल चार्टर एकाउन्टेन्ट सङ्घ लुम्बिनी प्रदेशकाे अध्यक्षमा पोखरेल
शनिबार, २९ वैशाख २०८१, १५ : २०

बुटवल । नेपाल चार्टर एकाउन्टेन्ट सङ्घ (एक्यान) लुम्बिनी प्रदेश अध्यक्षमा रुपन्देहीका सीए छविलाल पोखरेललाई चयन गरिएको छ । अधिवेशनबाट प्रदेश समितिको सचिवमा सिए उपेन्द्र न्यौपाने (बाँके), कोषाध्यक्षमा सीए सुशील ज्ञवाली (रुपन्देही), सदस्यहरुमा सीए बालकृष्ण पाण्डे (रुपन्देही) र सीए दीपक सेटी (दाङ) लाई चयन गरिएको निर्वाचन समितिका संयोजक वरिष्ठ सीए रुपेश महेश्वरीले जानकारी दिए ।
शनिबार नै केन्द्रीय ३५ औँ अधिवेशन अन्तरगत लुम्बिनी प्रदेशको निर्वाचन बुटवलमा भएको हो । लुम्बिनी प्रदेशमा रहेका १०९ जना मध्ये ९१ जनाले मतदान गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली राजमार्ग चार दिन बन्द हुने
-
बाढीले निर्माणाधीन ‘एसियन हाइवे’का तीन डाइभर्सन बगायो
-
राजसंस्था पक्षधरहरूसँग सरकार डरायो : राजेन्द्र लिङ्देन
-
हात्तीको आक्रमणबाट ६६ वर्षीय पुरुषको मृत्यु
-
बालुवाटारतर्फ अघि बढ्यो राजावादीको र्याली, त्रिचन्द्र अगाडि धकेला धकेल, तस्बिरहरू
-
कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड सञ्चालन हुन केही समय लाग्ने