सडक अलपत्र पार्ने ठेकेदारलाई कालोसूचीमा राख्न माग
बुटवल । रुपन्देहीको बेलबास–बेथरी सडक लामो समय अलपत्र पारेपछि स्थानीयले ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही गर्न माग गरेका छन् ।
स्थानीय संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी र प्रदेश सरकारअन्तर्गतको सडक विकास पूर्वाधार कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै हालको ठेक्का रद्द गरी नयाँ ठेक्का लगाउन माग गरेको हो ।
संघर्ष समितिका संयोजक विजय ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सडक समयमा पूरा नहुँदा दुर्घटनामा परेर ४ जनाको मृत्यु गएकाले तत्काल सडक पूरा गराउन माग गरेको छ ।
बुटवलको बेलबासदेखि मायादेवी गाउँपालिकाको बेथरीसम्म २१ किलोमिटर सडक विस्तारका लागि २०७३ सालमा ठेक्का सम्झौता भई काम अघि बढेको थियो । बेताहानीदेखि नहरपुरसम्मको सडक खण्ड कालोपत्र भएको छैन ।
चार लेन सडक निर्माणका लागि तीन प्याकेजमा गरी एक अर्ब ६७ करोडमा ठेक्का भएको थियो । दक्षिणतर्फका दुई वटा प्याकेजको काम सम्पन्न भइसक्दा उत्तरतर्फको खण्ड अझै पूरा हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका समूह विजेता र अस्ट्रेलिया उपविजेताका रूपमा नकआउट चरणमा
-
काठमाडौँ र पोखरामा मध्यम वर्षा, नेपालगन्जमा तातो हावाको लहर चल्ने
-
रातभरको सहमति प्रयास असफल, निराश भएर निस्किए रवि लामिछाने
-
‘नयाँ सिर्जना गर्न केही जोखिम त लिनै पर्छ’
-
छालामा देखिने राता धब्बा क्यान्सरका लक्षण हुन् ?
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण