रोजगारीका लागि १५ दिनभित्र स्पष्ट कार्ययोजना बनाउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले रोजगारीका लागि १५ दिनभित्र स्पष्ट कार्ययोजना बनाउन मुख्यसचिवसहितको नाममा आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतले सडक व्यापार गरेर जीविकोपार्जन गर्ने स्वरोजगार नागरिकको हकहितको संरक्षण हुने गरी आदेश जारी गरेको छ ।
एक वर्ष अगाडि नै अदालतले उनीहरुविरुद्ध हुने गरेको ज्यादतीलाई गम्भीर रूपमा लिएर सडक व्यापारको शीघ्र व्यवस्थापन र नियमनको लागि समन्वयात्मक कार्ययोजना ल्याउन नेपाल सरकार, काठमाडौँ महानगरपालिका लगायतलाई आदेश दिएको थियो ।
समयसीमा तोकेर दिइएको उक्त आदेशको निरन्तर उल्लंघन भएको पाएपछि त्यसलाई गम्भीर हेलचक्राई र लापरबाहीको रूपमा सर्वोच्च अदालतले चित्रित गरेको छ ।
साथै पन्ध्र दिनभित्र उक्त कार्ययोजना बनाएर महान्यायाधिवक्तामार्फत अदालतमा पेस गर्न भनेको छ । अब पनि आदेशको अवज्ञा भए अवहेलनाको कारबाही हुने चेतावनी समेत अदालतले दिएको छ ।
नेपाल सरकार र महान्यायाधिवक्ता लगायतका प्रत्यर्थीहरूले विषयको गाम्भीर्यलाई मनन गरेर आदेश बमोजिम कार्ययोजना पेस गर्ने काम गर्नुपर्ने छ । सरोकारवालाहरूसँगको समन्वयमा ठोस कार्ययोजना बनाएर पेस गर्ने काम गर्न निवेदकले माग गरेका छन् ।
सामाजिक न्याय, समाजवाद र सामाजिक संरक्षण लगायतका आर्थिक सामाजिक हक तजबिजको विषय होइनन्, ती प्रचलनयोग्य हकका विषय हुन भन्ने कुरालाई सबै तहगत सरकारहरूले हेक्का राख्न निवेदकले रिटमा माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरु आन्दोलन स्थगित गर्नुस्, विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार प्राप्तिमा सघाउनुस् : डा. महत
-
बाँकेमा करिब सात सय भूमिहीनलाई लालपुर्जा वितरण गरिँदै
-
आन्दोलनरत शिक्षकहरूलाई पालिकाले भन्यो, ‘१४ गतेदेखि पढाउन आउनु, नत्र राजीनामा दिएर जानु’
-
अब १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ : प्रधानमन्त्री
-
जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु
-
डोटीमा ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रभावकारी