रास्वपा अनुशासन आयोगको प्रमुखमा लेखनाथ पौडेल
बुधबार, १७ असार २०८३, १४ : ३१
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लेखनाथ पौडेललाई अनुशासन आयोगको प्रमुखमा नियुक्त गरेको छ ।
- नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ ग्रहणपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले पौडेललाई प्रमुखमा नियुक्त गरेको हो ।
- बैठकले लेखा र निर्वाचन आयोग विघटन गरी पुरानै नेतृत्वलाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अनुशासन आयोगको प्रमुख तोकेको छ । बुधबार पार्टी कार्यालय वनस्थलीमा नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ ग्रहणपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले आयोगको प्रमुखमा लेखनाथ पौडेललाई नियुक्त गरेको हो ।
पौडेल पूर्वन्यायाधीश हुन् । रास्वपा नेता हरि ढकालका अनुसार बैठकले लेखा र निर्वाचन आयोग विघटन गरेर पुरानै नेतृत्वलाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।
त्यस्तै, महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सुरक्षा निकायलगायत सबैलाई बैठकले धन्यवाद दिएको छ । यसैगरी लेखा आयोग प्रमुखमा अभिषेक घिमिरे र निर्वाचन आयोग प्रमुखमा भुवन केसीलाई निरन्तरता दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
-
भारतीय नीतिमा परिमार्जनसँगै नेपाली चिया निर्यात सहज, सुपारीको समस्या सल्टाउन पहल
-
संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण