मेवाबारे मिथक : गर्मीमा खानु हुन्छ कि हुँदैन ?

काठमाडौँ । गर्मी मौसममा खाने बानीमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । यो मौसममा पानीयुक्त खानेकुराको सेवन गर्नु राम्रो मानिन्छ ।
हरेक मौसममा फलफूललाई स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । गर्मीमा मानिसहरू खरबुजा, लिची, मेवा, सुन्तलालगायत सबै फलफूल खान रुचाउँछन् ।
तर यो मौसममा मेवा खानुलाई धेरैले हानिकारक मान्छन् । मेवा तातो प्रकृतिको हुने भएकाले गर्मीमा यसको सेवनले समस्या निम्त्याउने उनीहरूको जिकिर छ । के मेवा साँच्चै तातो हुन्छ र गर्मीमा यसलाई खानु हुँदैन?
पोषणविद् भने गर्मीमा मेवा खानु निकै फाइदाजनक रहेको बताउँछन् । यो फलमा प्रशस्त मात्रामा फाइबर हुन्छ र यसमा प्यापेन नामक इन्जाइम हुन्छ ।
हरेक मौसममा मेवा खाँदा स्वास्थ्य लाभ हुन्छ । मेवालाई तातो मान्न नसकिने र गर्मीमा यसलाई खाँदा कुनै हानि नहुने उनीहरूको भनाई छ।
मेवा हाम्रो पेट सफा गर्न मद्दत गर्छ र शरीरमा जम्मा भएको बोसो घटाउँछ। यो फल कलेजो सफा गर्न निकै लाभदायक मानिन्छ । कब्जियतबाट पीडित व्यक्तिहरूको लागि मेवा रामवाण औषधि मानिन्छ। यसले पेटमा जम्मा भएको फोहोरलाई हटाएर कब्जियतबाट राहत दिन्छ।
जन्डिसका बिरामीका लागि मेवा निकै फाइदाजनक मानिने पोषणविद् बताउँछन् । यसमा धेरै तत्त्वहरू हुन्छन् जसले हाम्रो शरीरमा उत्पादन हुने बिलिरुबिनलाई नियन्त्रण गर्छ। यसले शरीरमा जन्डिसको जोखिम कम गर्छ। मेवा खाँदा हाम्रो पाचन शक्ति बढ्छ र पेटसँग सम्बन्धित धेरै समस्याहरू हट्छन्।
धेरैजसो मानिसले मेवा खान सक्ने भए पनि गर्भवती महिलाले मेवा खानु हुँदैन । महिलाहरूले गर्भावस्थाको पहिलो तीन महिनामा भूलवश पनि मेवा खानु हुँदैन, अन्यथा गर्भपातको खतरा बढ्न सक्छ। यस बाहेक झाडापखाला र तीव्र एसिडिटी भएका व्यक्तिहरूले पनि मेवा खानुहुँदैन। बाँकी मानिसहरूले तनाव बिना मेवा खान सक्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने