देहरादूनबाट ल्याइएको दत्तात्रेय मूर्ति चन्दननाथमा
सुर्खेत - जुम्लाको चन्दननाथ मन्दिरमा भारतको देहरादूनबाट दत्तात्रेयको मूर्ति ल्याएर पुनःस्थापन गरिएको छ ।
विसं २०७३ मंसिर ११ गते राति कर्णालीको धार्मिकस्थल चन्दननाथ मन्दिरबाट १८ केजीको दत्तात्रेयको मूर्तिसहित २१ थान अन्य मूर्ति चोरी भएका थिए ।
चोरी भएकामध्ये अन्य मूर्ति देपालगाउँ गाविस, देपालगाउँ नजिकैको खोलामा २०७३ पुस १९ गते बेबारिसे रुपमा फालिएको अवस्थामा भेटिएका थिए ।
चोरी भएकामध्ये सबैभन्दा ठूलो दत्तात्रेयको मूर्ति हालसम्म कतै नपाइएपछि देहरादूनबाट ल्याएर चन्दननाथ मन्दिरमा पुनःस्थापना गरिएको चन्दननाथ भैरवनाथ गुठी संस्थानका सचिव रमानन्द आचार्यले बताए । सत्ताइस मूर्तिमध्ये दत्तात्रेयसहित छ मूर्ति पाइएका थिएनन् ।
मूर्ति हराएको डेढ वर्षसम्म मन्दिर खाली भएको र त्यसका विषयमा कोही कसैले चासो नदेखाएपछि देहरादूनबाट बाबा भवानी गिरीले आफ्नै लगानीमा दुई पण्डितसहित पित्तलबाट निर्मित दत्तात्रेयको मूर्ति जुम्ला पुर्याएका हुन् ।
यही वैशाख १३ गते बिहान ९ः४५ बजेदेखि २७ घण्टे अखण्ड हवनसमेत मन्दिरभित्र चलाइएको थियो । दत्तात्रेयको मूर्ति व्यक्तिगत रुपमा ल्याएर प्रतिस्थापन गर्दा समेत सरकारी क्षेत्रको कुनै चासो नभएको धार्मिक सरोकार भएकाको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण