शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

राति टाउकोमा तेल लगाएर सुत्दा के हुन्छ ?

शुक्रबार, १२ असार २०८३, ०७ : ०५
शुक्रबार, १२ असार २०८३

सारांश

  • राति कपालमा तेल लगाएर सुत्दा कपाल झर्ने समस्या सुरु हुन सक्छ र टाउकोको छालामा फोहोर जम्मा भई सङ्क्रमण बढ्ने सम्भावना रहन्छ ।
  • विज्ञहरूका अनुसार कपाल धुनुभन्दा ३० मिनेट अगाडि तेल लगाउनु उपयुक्त हुन्छ र कपालको रेसामा बढी ध्यान दिनुपर्छ ।
  • धेरै तैलीय कपाल, चायाँ वा टाउकोको छालामा समस्या भएका व्यक्तिले रातभर कपालमा तेल लगाउनु हुँदैन ।

काठमाडौँ । मानिसहरू विशेष गरी महिलाहरू, राति सुत्नुअघि कपालमा तेल लगाउँछन् । यसरी राति कपालमा कपाल लगाउने र भोली पल्ट उठेर नुहाउने गर्दा कपालको वृद्धिलाई बढवा दिने, बलियो बनाउने र कपाल बाक्लो देखिने विश्वास गरिन्छ । तर, यसबारे विज्ञहरूको धारणा फरक छ ।

विज्ञहरू भन्छन् कि रातभर कपालमा तेल लगाएर छाडिराख्दा कपाल लामो हुँदैनन्, बरु उल्टै कपाल झर्ने समस्या सुरु हुन सक्छ । घण्टौँसम्म तेल लगाइरहँदा कपाल जराबाट बढ्छ भनेर मानिसहरू सोच्छन् । तर यो एउटा मिथक मात्रै हो । यसमा कुनै सत्यता छैन । तेलले कन्डिसनरको रूपमा काम गर्ने, कपालको बाहिरी तहलाई बलियो बनाउँछ भनेर विज्ञहरू भन्छन् ।

के हुन्छ रातभर तेल लगाएर छाडिराख्दा ?

रातभर कपालमा तेल लगाइरहनुभयो भने, यसले तपाईंको टाउकोको छालाको प्वालहरूलाई बन्द गरिदिन्छ । जसले गर्दा छालामा फोहोर जम्मा हुन सक्छ । यसले ब्याक्टेरिया र फंगल सङ्क्रमण पनि बढाउँछ ।

कहिले लगाउनु पर्छ तेल ?

विज्ञहरूले कपाल धुनुभन्दा ३० मिनेट अगाडि तेल लगाउन सिफारिस गर्छन् । जरामा धेरै तेल लगाउनु हुन्न । बरु कपालको रेसामा बढी तेल लगाउन उनीहरू भन्छन् ।

तेलले बढाउँछ चायाँ ?

तेल लगाउनाले चायाँ पर्ने सम्भावना बढ्छ । तेल टाउकोमा मालासेजिया फंगसको लागि प्रजनन स्थल बन्छ, जसले गर्दा छालामा चायाँ पर्ने र चिलाउने समस्या बढ्न सक्छ ।

धेरै तैलीय कपाल भएका व्यक्तिहरूले विशेष गरी रातभर तेल लगाउनबाट जोगिनुपर्छ । टाउकोको छालामा बिबिरा छ, चायाँ छ वा छिद्र बन्द छन् भने पनि टाउकोमा तेल लगाउनबाट जोगिनुपर्छ । निधार, घाँटी वा ढाडमा डन्डीफोर भएका व्यक्तिले पनि रातभर आफ्नो टाउकोमा तेल लगाइराख्नबाट जोगिनु पर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप