शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

ज्वालाले फिर्ता लिइन् सहमहामन्त्रीको उम्मेदवारी

शुक्रबार, १२ असार २०८३, ०६ : ३०
शुक्रबार, १२ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ टीका सङ्ग्रौला (ज्वाला) ले सहमहामन्त्री पदको उम्मेदवारी फिर्ता लिएकी छिन्।
  • उनले सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिएको र अन्य उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको जानकारी दिएकी छिन्।
  • राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी निर्वाचनका लागि मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन।

काठमाडौँ । रास्वपा नेतृ टीका सङ्ग्रौला (ज्वाला)ले सहमहामन्त्रीको उम्मेदवारी फिर्ता लिएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले यसको जानकारी दिएकी हुन् । 

उनले लेखेकी छिन्–'सह महामन्त्रीको उम्मेदवारी फिर्ता लिँदै अरू उम्मेदवार साथीहरूलाई सहयोग गर्ने निर्णय गरियो।'

रास्वपा पदाधिकारी निर्वाचन अन्तर्गत आज बिहान ४ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिए पनि अझै सुरु हुन सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप