आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

५७ खर्ब बराबरको जीडीपीमा बागमतीको योगदान ३६ प्रतिशत रहने

कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशको योगदान घट्यो
बुधबार, ०९ जेठ २०८१, १७ : ५६
बुधबार, ०९ जेठ २०८१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा बागमती प्रदेश एक्लैको ३६.४ प्रतिशतको योगदान रहने भएको छ । बुधवार प्रादेशिक तथ्याङ्क सार्वजनिक गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयले उपभोक्ताको मूल्यमा आधारित ५७ खर्ब ५ अर्ब बराबरको अनुमानित जीडीपीमा बागमती प्रदेशको योगदान एक तिहाइ बढी रहने प्रक्षेपण गरेको हो ।

केन्द्रीय तथ्याङ्क कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा बागमती प्रदेशबाट जीडीपीमा करिब २० खर्ब ७५ अर्ब रुपैयाँ बराबरको योगदान रहनेछ । अघिल्लो वर्ष १९ खर्ब ३८ अर्बको योगदान प्रक्षेपण गरिएको थियो । 

यसैगरी कोशी प्रदेशबाट १५.८ प्रतिशतको योगदान रहने अनुमान गरेको तथ्याङ्क कार्यालयले लुम्बिनी प्रदेशबाट १४.३ प्रतिशत, मधेस प्रदेशले १३.१ प्रतिशत, गण्डकी प्रदेशले ९.१ प्रतिशत, सुदूर पश्चिम प्रदेशले ७.१ प्रतिशत र कर्णाली प्रदेशले ४.३ प्रतिशत योगदान रहने अनुमान गरेको छ । 

अघिल्लो आर्थिक वर्ष २०७९/८० को संशोधित अनुमानबमोजिम कुल गार्हस्थ्य उत्पादनमा प्रादेशिक योगदान सीमान्त रूपमा मात्र परिवर्तन भएको तथ्याङ्क कार्यालयले जनाएको छ । 

तर अघिल्लो वर्षको तुलनामा कुल गार्हस्थ्य उत्पादनमा कोशी, मधेस, कर्णाली र सुदूर पश्चिमको योगदान भने सीमान्त रूपमा घटेको छ भने बाँकी प्रदेशको योगदान सीमान्त रूपमा बढेको तथ्याङ्क कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप