प्रिमियरमा ‘फर्की फर्की’को तारिफ, बालेनले भने-‘नयाँ स्वादको फिल्म’
काठमाडौँ । अनमोल केसी अभिनीत फिल्म ‘फर्की फर्की’को भब्य प्रिमियर गरिएको छ । बुधबार कमलपोखरीस्थित विग मुभिजमा आयोजित प्रिमियरमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सिएनएन हिरो अनुराधा कोइराला, अभिनेत्री गौरी मल्ल, सुरक्षा पन्त, निर्देशक ज्ञानेन्द्र देउजा, चलचित्र निर्देशक समाजका अध्यक्ष जनदीप पराजुली, अभिनेता सलिनमान बानिया, गायक यम बराल, सत्य–स्वरुप आचार्यलगायत थुप्रै सेलिब्रेटी र रंग पत्रकारको बाक्लो उपस्थिति थियो ।
प्रिमिएरमा फिल्मको कथा र मेकिङको सबैले खुलेरै तारिफ गरेका छन् । प्रिमिएरमा फिल्म हेरेका मेयर बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एउटा नयाँ स्वादको फिल्म । साँच्चिकै सुन्दर फिल्म ।’ प्रिमिएरमा मिडिया प्रतिक्रिया भने उनले दिएनन् । कमै फिल्म हेर्न बालेन ‘फर्की फर्की’ प्रिमिएरमै पुगेका हुन् ।
प्रिमिएरमा फिल्म हेर्न धेरैले कथावस्तु, प्रस्तुति, निर्देशक सुयोग गुरुङको कामको तारिफ गरे । कतिपयले अभिनेता अनमोल केसी र जसिता गुरुङको जोडी पनि फिल्म निकै सुहाएको धारणा राखे ।
प्रिमिएरममा सहभागी कतिपय फिल्मकर्मीले सामाजिक संजालबाट पनि फिल्मको तारिफ गरेका छन् । निर्देशक घनश्याम लामिछानेले आफ्नो सामाजिक सञ्जालमा फिल्म राम्रो बनेको बताएका छन् ।
त्यस्तै निर्देशक जनकदीप पराजुलीले लेखेका छन्, ‘रिफ्रेसिङ नेपाली फिल्म ।’ अभिनेत्री सुरक्षा पन्तले टाइम ट्राभल जनरा फिल्मको आफू फ्यान रहेको बताउँदै निर्माणको समेत तारिफ गरेकी छन् । उनले फिल्म राम्रो भएकोमा सबै टिमलाई बधाई समेत दिएकी छन् ।
रोहित अधिकारी र ओम प्रकाश अग्रवालको निर्माणमा रहेको फिल्म सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको हो ।
अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याललगायत कलाकारको अभिनय फिल्ममा छ । फिल्मको अस्ट्रेलिया, अमेरिका लगायतका देशको अधिकार निर्माता अधिकारीकै कथा रहेको फिल्मको सह–निर्मातामा मनोज वली र राम न्यौपाने रहेका छन् । नरेन्द्र मैनालीको छायाङ्कन, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत रहेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व छ । फिल्म बुद्ध जयन्तीको अवसर पारेर आज बिहीबारबाट देशभर प्रदर्शनमा आएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण