आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

तमोर–मेवा जलविद्युत आयोजनाको शिलान्यास

बिहीबार, १० जेठ २०८१, १८ : ०२
बिहीबार, १० जेठ २०८१

काठमाडौँ । बहुप्रतिक्षित १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाको शिलान्यास गरिएको छ । बिहीबार एक कार्यक्रमका बिच संविधान सभा सदस्य संचपाल मादेनले जलविद्युत आयोजनाको शिलान्यास गरेका हुन् । 

जलविद्युत आयोजनाको ४ वर्ष अर्थात् २०८५ असोज २५ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको  तमोर–मेवा जलविद्युत आयोजनाको प्रवर्द्धक स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडका प्रबन्धक निर्देशक सुदीप कुमार चौधरीले जानकारी दिए ।  

आयोजनाको कुल लागत २४ अर्ब ३२ करोड अनुमान गरिएको उनले बताए । उनका अनुसार आयोजनाबाट उत्पादन हुने विद्युत् खरिद बिक्री दर वर्षायाममा प्रतियुनिट ४.८० रुपैयाँ र सुख्खायाममा प्रतियुनिट ८.४० रुपैयाँ रहेको छ । 

यस्तै आयोजनाबाट उत्पादन हुने विद्युत् खरिद बिक्री दरको मूल्यवृद्धि वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्य वृद्धि हुनेछ । आयोजनाबाट उत्पादन हुने कूल विद्युतीय उर्जा ७११.४३ गिगावाट घण्टा रहेको छ। 

आयोजनाको लागतमध्ये ७५ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋणबाट र २५ प्रतिशत प्रवर्द्धकबाट शेयर पुँजी लगानी हुने जनाएको छ । मेवाखोला र तमोर नदीको पानी उपयोग गरी करिब ९ किलोमिटर दूरी बराबरको सुरुङ मार्गमार्फत विद्युत् उत्पादन गर्न लागिएको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप