अस्ट्रेलियाले स्कटल्यान्डलाई हराउँदा इंग्ल्यान्ड सुपर ८ मा
काठमाडौँ । टी–२० विश्वकपमा अस्ट्रेलियाले आफ्नो अपराजित यात्रा जारी राख्दै स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ । आइतबार भएको समूह बी अन्तर्गतको खेलमा स्कटल्यान्डले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य अस्ट्रेलियाले १९.४ ओभरमा ५ विकेटको क्षतिमा पछ्यायो ।
अस्ट्रेलियाको जित साबिक विजेता इंग्ल्यान्डका लागि वरदान साबित भएको छ । नेट रन रेटका आधारमा स्कटल्यान्डलाई पछि पार्दै टोली सुपर ८ मा प्रवेश गरेको छ । दुई टोलीको अङ्क समान भए पनि इंग्ल्यान्डको रन रेट स्कटल्यान्डभन्दा राम्रो रहेको छ ।
यसअघि इंग्ल्यान्डले नामिबयालाई हराउँदै स्कटल्यान्डसँग अङ्क बराबरी गरेको थियो । ४ खेलपछि ८ अङ्क बटुल्दै अस्ट्रेलिया समूह विजेता बन्यो । ५ अङ्क र राम्रो नेट रेटसहित इंग्ल्यान्ड दोस्रो बन्यो ।
अस्ट्रेलियाका लागि ओपनर ट्राभिस हेडले सर्वाधिक ६८ रनको योगदान दिए । उनले ४९ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।

मध्य क्रममा लय गुमाएपछि अस्ट्रेलियाका मार्कस स्टोइनिसले तीव्र गतिमा अधशतकीय इनिङ्स खेले । उनले मात्र २९ बलमा ५९ रन जोडे । यस क्रममा उनले ९ चौका र २ छक्का हिर्काए ।
टीम डेभिडले नटआउट रहेर १४ बलमा २४ रन जोड्दै टोली जितसम्म डोर्याए । स्कटल्यान्डका लागि मार्क वाट र सफयान सरिफले २-२ विकेट लिए भने ब्राड व्हिलले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो । टोलीका लागि ब्रान्डन म्याकमुलेनले शानदार ब्याटिङ गर्दै ३४ बलमा ६९ रन जोडे । उनले यस क्रममा २ चौका र ६ छक्का प्रहार गरे ।
त्यस्तै, कप्तान रिची बेरिङटनले नटआउट रहँदै ३१ बलमा ४२ रनको योगदान दिए । उनले १ चौका र २ छक्का हिर्काए ।
ओपनर जर्ज मुन्सेले ३५ रन बनाए । २३ बलको सामना गरेका उनले २ चौका र ३ छक्का प्रहार गरे । विकेटकिपर म्याथ्यु क्रसले ११ बलमा १८ रन जोडे ।
अस्ट्रेलियाका लागि ग्लेन म्यासवेलले २ तथा एस्टन अगर, नाथन इलिस र एडम जाम्पाले १–१ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण