बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै
गलेश्वर । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ । रघु गङ्गा गाउँपालिका–१ तिप्ल्याङ बजारमा सडक अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइ सडक फराकिलो बनाउने र स्तरोन्नति गर्ने काम भइरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँले जानकारी दिए ।
तिप्ल्याङको पाँच सय मिटर बजार क्षेत्रमासडक विस्तार तथा स्तरोन्नतिको काम भइरहेको छ । पर्वतको मालढुङ्गाबाट मुस्ताङको कोरला नाकासम्म दुई सय दुई कलोमिटर लामो बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत विभिन्न खण्डमा स्तरोन्नति र कालोपत्र भइरहेको छ ।
विसं २०७४ जेठ ५ गते सम्झौता भई आगामी पुसको ८ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने गलेश्वरबाट तातोपानीसम्मको सडकखण्डमा हालसम्म करिब ९० प्रतिशत प्रगति भएको छ । यस खण्डको कुल लागत रु ६२ करोड ४४ लाख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण