बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

पाल्पामा जीप दुर्घटना हुँदा ९ घाइते

आइतबार, ०२ असार २०८१, १२ : २३
आइतबार, ०२ असार २०८१

बुटवल । पाल्पा जिल्लाको निस्दी गाउँपालिका भएको जीप दुर्घटनामा ९ जना घाइते भएका छन् । आज निस्दी गाउँपालिका स्थित झ्याल्टुङ  कच्ची  सडक खण्डमा भएको दुर्घटनामा घाइते  ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  

होराइजन डेन्टल अस्पताल रामपुर पाल्पाबाट मित्यालको भिरपानीमा डेन्टलसम्बन्धी शिविरमा गई फर्कने क्रममा रामपुरतर्फ जाँदै गरेको बा १५ च ५९४ नम्बरको स्कर्पियो जिप आफैँ अनियन्त्रित दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते हुने सबै पाल्पाको रामपुर नगरपालिकाका बासिन्दा हुन् । घाइते सबैको रामपुर अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । रामपुर अस्पतालले थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप