फतुवाविजयपुर नगरपालिकाको विवाद मिल्यो
रौतहट । रौतहटका प्रमुख जिल्ला अधिकारी(सिडिओ) हिरालाल रेग्मीको सक्रियतामा फतुवा विजयपुर नगरपालिकाको विवाद मिलेको छ। विवाद मिलेसँगै प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव सुरेन्द्र प्रधानले काम सुरु गर्ने भएका छन् ।
पूर्व प्रशासकीय अधिकृतमा वकिल पाललाई राख्ने कार्यवाहक मेयर अम्बेया खातुनको अडान र अन्य जनप्रतिनिधिले प्रधानलाई राख्ने अडान लिएपछि नगरपालिकामा विवाद उत्पन्न भएको थियो।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकसाता अघि उपसचिव प्रधानलाई त्यहाँ सरुवा गरेको थियो। मन्त्रालयको निर्णय अनुसार उपसचिव प्रधान पाँच दिन अघि त्यहाँ हाजिर समेत भएका थिए। उनलाई मेयर बाहेकका जनप्रतिनिधि तथा केही राजनीतिक दलका नेताहरूले स्वागत समेत गरेका थिए।
विवाद समाधानसँगै यसअघिका प्रमुख प्रशासकीय अधिकृतको रूपमा रहेका वकिल पाल मन्त्रालयको निर्देशन अनुसार आफ्नो दरबन्दीमा जाने भएका छन्।
यसका साथै उपसचिव सुरेन्द्र प्रधानलाई दोहरो जिम्मेवारी थपिएको छ। यस अघि उनी कटहरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत रहेका छन्। फतुवाविजयपुर नगरपालिकामा निर्वाचित मेयर गोपाल राय यादव लालबकैया नदीको टेन्डरमा दोषी ठहर भएर विशेष अदालतबाट दण्ड सजाय तोकिएपछि उनको पद रिक्त भएको थियो।
लगत्तै उपमेयर अम्बेया खातुनले कार्यवाहकको जिम्मेवारी पाएदेखि नै उनी र अन्य जनप्रतिनिधि बिच बजेट भागबन्डाको विषय लिएर पटक पटक विवाद हुँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र, तस्बिरहरू
-
सुदूरपश्चिमभर अविरल वर्षा, बाढी–पहिरोको जोखिम बढ्दै
-
पत्रकार खेम भण्डारी पक्राउ
-
निजामती विधेयकबारे कानुन मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयबिच टसल
-
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास
-
सरकारका १०० दिनः कर्मचारीलाई १५ दिनमा तलबदेखि पेन्सनमा राहतसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण