तेस्रो प्याब्सन कपको फाइनलमा ग्यालेक्सी
विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको फाइनलमा विराटनगरको ग्यालेक्सी स्कुल पुगेको छ ।
प्याब्सन विराटनगरको आयोजनामा आइतबार विराटनगरको सहिद मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा मोर्डन एरा स्कुललाई टाइब्रेकरमा ३– २ गोलले हराउँदै ग्यालेक्सी फाइनलमा पुगेको हो ।
जितको लागि ग्यालेक्सीको तर्फबाट सुमित सिंह, इकबल मिरा र एमडी सादिज अफतारले गोल गरे ।
मोर्डन एराको तर्फबाट अमन माझी र सुमन उराउँले मात्र गोल गरे । प्लेर अफ द म्याच ग्यालसक्सी स्कुलका एमडी सादिज अफतार घोषित भए ।
फाइनल यात्राको लागि गोदावरी स्कुल र डिपिएस स्कुलबिच मंगलबार हुनेछ । गोदावरी र डिपिएसबीच हुने बिजेता टिम उपाधिको लागि ग्यालेक्सी स्कुलसँग भिड्नेछ ।
आइतबार भएको पहिलो क्वाटरफाइनल खेलमा गोदावरी स्कुलले सगरमाथा स्कुललाई टाइब्रेकरमा ८–७ गोलले पराजित गर्यो । डिपिएस स्कुलले सेन्टजोसेफ स्कुललाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण