बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी टी-२० विश्वकप विशेष

भारत र पाकिस्तानको खेलअघि विवादमा नासाउको पिच

नासाउको पिचमा किन असामान्य उछाल ?
बिहीबार, २४ जेठ २०८१, १५ : ५७
बिहीबार, २४ जेठ २०८१

न्युयोर्क । टी-२० विश्वकपमा प्रयोग गरिएको नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको खतरनाक पिचलाई लिएर विवाद सुरु भएको छ । यहाँ एकपछि अर्को कम स्कोर हुने खेल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का लागि चिन्ताको विषय बन्दै गएको हो ।

बुधबार भारत र आयरल्यान्डबिचको खेलमा ड्रप-इन पिचमा असामान्य बाउन्स देखिएको थियो, जसका कारण भारतीय कप्तान रोहित शर्मा र विकेटकिपर ऋषभ पन्त घाइते भएका थिए । रोहित चोटग्रस्त बन्दै रिटायर्ड हर्ट नै हुनुपर्‍यो ।  

Rohit-Sharma-walks-off-the-field

जुन ९ मा न्युयोर्कको सोही मैदानमा भारत–पाकिस्तान हाईभोल्टेज खेल हुँदैछ । त्यसैले पनि पिचको विषयलाई लिएर विभिन्न टिप्पणीहरू भइरहेका हुन् ।

आईसीसीले भारत–पाकिस्तान मेगा म्याचअघि नै ड्रप इन पिच मर्मत गर्न थालेको छ । बुधबार राति भारत र आयरल्याण्डको खेलपछि आईसीसी पिच क्युरेटर र कर्मचारीले पिच मर्मत गरेका हुन् । 

यति मात्रै होइन, भारतीय टोलीका मुख्य प्रशिक्षक राहुल द्रविड र विक्रम राठोडले पनि क्युरेटरलाई निर्देशन दिइरहेका थिए ।

भारत–आयरल्याण्ड म्याचका ४ खतरनाक बल, जसलाई लिएर भयो विवाद...

पहिलो: जसप्रित बुमराहले आयरल्याण्डको इनिङ्सको पावरप्लेमा छैटौँ ओभरमा बलिङ गरेका थिए । बुमराहले सर्ट लेन्थमा ५ औँ बल गरे जुन बाउन्स भएर लोर्कन टकरको पञ्जा हुँदै हेल्मेटमा लागेपछि उनी क्याच आउट भए ।

untitled-design-2024-06-06t032110148_1717624279

दोस्रो: भारतीय इनिङ्सको १० औँ ओभरमा मार्क एडेयरको बल रोहित शर्माको काँधमा लागेर उनी रिटायर्ड हर्ट भएका थिए।

तेस्रो: ११ औँ ओभरमा, जोशुआ लिटिलको पहिलो बल असामान्य उछालका कारण ऋषभ पन्तको कुहिनोमा लाग्यो । पन्त तयार थिएनन्, उनी पीडाले कराए ।

चौथो: ब्यारी म्याकार्थी भारतीय इनिङ्सको १३ औँ ओभर बलिङ गर्दै थिए। उनको पहिलो ब्याकअफ लेन्थ बल अतिरिक्त बाउन्स पछि पन्तको छातीमा लाग्यो ।

110741525

  • नासाउको पिचमा किन असामान्य उछाल ?

यस रंगशालामा अष्ट्रेलियाको एडिलेडमा तयार पारिएको ड्रप-इन पिचहरू प्रयोग गरिएको छ। मैदानमा बस्नका लागि ड्रप-इन पिचहरू राम्ररी रोल गरिएको हुन्छ । तर गत हप्ता खराब मौसमका कारण पिचहरू रोल हुन सकेनन्।

382141

  • २८.२ ओभरमा खेल समाप्त

भारत र आयरल्याण्डको खेल २८.२ ओभरमा सकिएको थियो । यहाँ टस हारेर ब्याटिङ गरेको आयरल्याण्डको टोली १६ ओभरमा ९६ रनमा अलआउट भएको थियो भने १२.२ ओभरमा ९७ रनको लक्ष्य पछ्याउँदै भारतले २ विकेट गुमाएको थियो ।

  • लगातार दोस्रो खेलमा १०० भन्दा कम स्कोर, श्रीलङ्का ७७ रनमा अलआउट

नासाउको ड्रप-इन पिचमा दुई विश्वकपका खेल खेलिएका छन् तर कुनै पनि टोलीले १०० रनभन्दा बढी रन बनाउन सकेका छैनन् । 

381975

पहिलो खेलमा श्रीलंकाको टोली ७७ रनमा अल आउट भएको थियो भने दक्षिण अफ्रिकाले ७८ रनको लक्ष्य पछ्याउन १६.२ ओभर खेलेको थियो । यस खेलमा १४ मध्ये ९ विकेट फास्ट बलरले लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप