आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

सिंगापुर एयरलाइन्स : आँधीका कारण विमानमा सवार २० जनाको मेरुदण्डमा गम्भीर चोट

शुक्रबार, ११ जेठ २०८१, १० : ४९
शुक्रबार, ११ जेठ २०८१

बैंकक । सिंगापुर एयरलाइन्सको एक विमानमा भयङ्कर आँधीमा फस्दा विमानभित्र सवार २० जना यात्रीको मेरुदण्डमा चोट लागेको छ । घाइतेहरूको सघन उपचार कक्षमा उपचार भइरहेको बैंककको अस्पतालका प्रमुखले भनेका छन् ।

 अस्पतालमा भर्ना हुनेमा दुई वर्षीय बालक पनि छन् । लन्डनबाट उडेको सो विमानले मंगलबार थाइल्यान्डमा आपत्कालीन अवतरण गरेको थियो । ४६ यात्रु र चालक दलका दुई सदस्यको अझै पनि बैंककमा उपचार भइरहेको एयरलाइन्सले बताएको छ ।

आँधीका कारण विमान अचानक तल झर्दा सिट बेल्ट नलगाएका मानिसहरू छतमा ठोक्किएको बताइएको छ । अस्पतालका निर्देशक समितेज श्रीनाकरिनका अनुसार ४१ जना यात्रु अझै अस्पतालमै छन् । करिब आधालाई सघन उपचार कक्षमा राखिएको छ । मेरुदण्डमा चोट लागेका २२ जना भएको र ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । सिंगापुर एयरलाइन्सको विमान एसक्यू३२१ लन्डनबाट सिंगापुर आइरहँदा आकाशमा भयानक आँधीमा फस्यो । यस क्रममा विमानमा सवार ७३ वर्षका बेलायती पुरुषको मृत्यु भयो भने दर्जनौं घाइते भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप