कांग्रेसको ‘नयाँ प्रस्ताव’पछि प्रचण्ड–ओली छलफलमा
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत हिनामिनाको छानबिनबारे नयाँ प्रस्ताव अघि सारेपछि सत्तापक्ष आन्तरिक छलफलमा जुटेको छ ।
सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेश तयार गर्न गठित कार्यदलको बैठकमा कांग्रेसले सिधै रवि लामिछानेको नाम राख्नुको साटो उनी जोडिएका सहकारीको नाम राखेर समितिको टीओआर (कार्यादेश) बनाउन सकिने लचकतासहितको प्रस्ताव गरेपछि सत्तापक्ष आन्तरिक छलफलमा जुटेको हो ।
स्रोतका अनुसार कांग्रेसको उक्त प्रस्तावपछि एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच अहिले केहीबेरमा छलफल हुँदैछ ।
प्रधानमन्त्री प्रचण्ड र ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलका लागि भेट्ने तय भएको छ । त्यसका लागि अध्यक्ष ओली बालुवाटारतर्फ लागेका छन् ।
शुक्रबार बिहान सिंहदरबारमा बसेको बैठकमा सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको विषयमा छानबिन गर्नेगरी समिति बनाउनुपर्ने माग गरिएको कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिए । उनले सत्तापक्षले नयाँ प्रस्ताव भनेपनि आफूहरूको माग उही रहेको दाबी समेत गरे ।
‘गोरखा मिडिया नेटवर्क प्रालिमा विभिन्न सहकारीबाट रकम गएको छ, उक्त रकमको अपचलनमा माननीय उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने समेतको संलग्नता भएको भन्ने प्रमुख विपक्षी दलले आवाज उठाएको हो’, परियारले भने, ‘ उक्त विषयमा छानबिन गर्न छानबिन समिति बनाउने भनेर हामीले आफ्नो कुरा राखेका छौँ ।’
गोरखा मिडिया नेटवर्कलगायत कम्पनीमा भएको रकम अपचलनका विषयमा पनि अनुसन्धान गरेर सहकारीका सञ्चालक, सञ्चालक समिति, प्रबन्ध निर्देशक, व्यवस्थापकलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने भनाइ राखेको परियारको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण