सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

मायादेवी गाउँपालिकामा हाईमास्ट लाइट जडान

शनिबार, १२ जेठ २०८१, १० : ३५
शनिबार, १२ जेठ २०८१

बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ७ को बनगाई चोकमा हाईमास्ट लाइट जडान कार्य सुरु भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व गृहमन्त्री सन्तोष कुमार पाण्डेयले हाईमास्ट लाइटको जग निर्माण कार्यको शिलान्यास  गर्दै  नागरिकलाई थप सहज हुने विश्वास व्यक्त गरे ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश संसदीय दलका नेता समेत रहेका पाण्डेयले आफू मन्त्री हुँदा विभिन्न योजना ल्याएको भन्दै लाइट जडान भएपछि शान्ति सुरक्षामा  सहयोग पुग्ने बताए ।

ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय लुम्बिनी प्रदेश अन्तर्गत ऊर्जा महाशाखाका नवीन थापाका अनुसार मायादेवी–७ मा जडान हुने हाईमास्ट लाइटको उचाइ १६ मिटर रहेको छ ।

यसमा ८ वटा लाइट रहनेछ । एउटा लाइटको क्षमता ३ सय वाट रहेको छ । जसअनुसार ८ वटाको क्षमता २ हजार ४ सय वाट रहेको छ । लाइटको माथि नेपाली झन्डा समेत राखिनेछ । उनले जडान गर्न लागिएको लाइट नेपालमै बनेको र २ वर्ष वारेन्टी समेत रहेको जानकारी दिए ।

हाईमास्ट जडान गर्न सुरु गरिएको चोक बेथरी पुल नजिकै र मर्चवार क्षेत्र जाने मुख्य सडकमा पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप