बादशाह र हनी सिंहको शत्रुवत सम्बन्ध अन्त्य !
काठमाडौं । भारतीय र्यापरद्वय बादशाह र हनी सिंहबीच लामो समयदेखि चल्दै आएको शत्रुवत सम्बन्धको अन्त्य भएको छ । बादशाहले आफ्नो तर्फबाट शत्रुवत सम्बन्धको अन्त्य भएको घोषणा गरेका छन् ।
देहरादुनमा भएको ‘ग्राफेस्ट २०२४’मा बादशाहले हनी सिंहसँगको आफ्नो झगडा अन्त्य भएको घोषणा गर्दै फ्यानलाई अचम्मित बनाएका हुन् ।
मे २४ मा भएको कन्सर्टमा बादशाहले आफ्नो प्रस्तुतीलाई बीचमा नै रोकेका थिए । त्यसपछि उनले हनी सिंहको बारेमा बोलेका थिए । ‘मेरो जीवनको एक समय थियो, जब एक व्यक्तिविरुद्ध इश्र्या गर्थे र अब त्यसलाई पछाडि छोड्दैछु । र त्यो हनी सिंह हो । म कुनै गलत हल्लाका कारण खुशी थिइनँ । मलाई महशुस भयो कि जोड्ने वाला थोरै थिए र तोड्ने वाला धेरै । आज म सबैलाई भन्न चाहन्छु कि जिन्दगीको त्यो समयलाई मैले छोडिदिएको छु, मेरो शुभकामना ऊप्रति छ’, बादशाहले भनेका छन् ।
बादशाह र हनीबीचको शत्रुता र झगडाको सुरुवात सन् २००९ मा भएको थियो दुवैले माफिया मुुन्डिरबाट आफ्नो बाटो अलग गरेका थिए । यसपछि दुवै कलाकारबीच तनाव बढ्दै गएको थियो । कहिले सामाजिक सञ्जालमा त कहिले आफ्नो गीतको माध्यमबाट एकअर्कालाई निशाना साँधिरहेका थिए । तर, ति दुवै एकै समयमा एकै एउटै क्षेत्रबाट उदाएका कलाकार थिए ।
कन्सर्टमा बादशाहले हनीसँगको शत्रुतापूर्ण व्यवहारको अन्त्य भएको घोषणा गरेपछि उनका फ्यानहरुले तालि बजाएर खुशी ब्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
-
विश्वकपअघि क्रोएसियाको सुखद जित, कप्तान मोड्रिचको गोल
-
नर्वेसँग बराबरी खेल्दा मोरक्कोलाई दुई मुख्य खेलाडीको चोटको चिन्ता
-
फिलिपिन्समा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, एसियाका विभिन्न देशमा सुनामीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण