सन् २०२३ मा विश्वभर १ हजार १५३ जनालाई फाँसी
बिहीबार, १७ जेठ २०८१, १२ : ३६
लन्डन । गतवर्ष विश्वभर मृत्युदण्डको सजाय बढेको छ । एमनेस्टी इन्टरनेशनलले बुधवार सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको छ । गएको वर्ष विश्वभर १ हजार १५३ जनालाई फाँसी दिइएको थियो ।
यो सङ्ख्या सन् २०२२ को तुलनामा ३० प्रतिशत बढी हो । यो सङ्ख्या सन् २०१५ यताकै उच्च हो । फाँसी दिने देशको सङ्ख्या कीर्तिमानी न्यूनस्तरमा झरेको भए पनि सजाय पाउनेको सङ्ख्या भने बढेको छ ।
गएको वर्ष कूलमध्ये इरानमा सबैभन्दा बढी ८५३ जनालाई फाँसी दिइएको थियो । सजाय पाउनेमा २४ महिला र ५ बालबालिका पनि रहेका थिए ।
रिपोर्टअनुसार इरानपछि सबैभन्दा धेरै मृत्युदण्ड दिने देशको सूचीमा साउदी अरेबिया, सोमालिया र अमेरिका पर्छ । चीनमा पनि हजारौँ मानिसलाई फाँसी दिइएको छ । तर चीनबाट आधिकारिक तथ्याङ्क नआएकोले चीन यो सूचीमा परेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण