लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय
बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा सरोज खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
बैठकले जेठ २१ गते आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम ल्याउने निर्णय समेत गरेको स्वास्थ्यमन्त्री दिपेन्द्र पुनले जानकारी दिए । बाणगंगा नगरपालिका–८, कपिलवस्तु निवासी खनाल शिक्षा, स्वास्थ्य र सहकारी क्षेत्रमा लामो समय काम गरेको अनुभव बटुलेका व्यक्ति हुन् ।
अघिल्लो सरकारको पालामा नियुक्त भएका प्रदेश योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसीले राजीनामा दिएपछि प्रदेश योजना अयोग पदाधिकारीविहीन भएको थियो । मुख्यमन्त्री महराले आफ्नो सचिवालयमा दुई जना विज्ञलाई नियुक्त समेत गरेका छन् । उनले पूर्वाधार विज्ञको रूपमा पवन बराल र अर्थ तथा विकास विज्ञको रूपमा सुशान्त वैदिकलाई नियुक्त गरेका हुन् ।
बैठकले विभिन्न अस्पतालका मेसुहरूलाई समेत हेरफेर गरेको छ । प्रदेश सरकार मातहतमा रहेका गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर बन्जाडेलाई कपिलवस्तु अस्पतालमा सरुवा गरिएको छ ।
भीम अस्पतालका भैरहवाका मेडिकल सुपरिटेन्डेन्ट डा.मोहम्मद नुरुल होदालाई पृथ्वीचन्द्र अस्पताल परासी र डा.शकुन्तला गुप्तालाई लुम्बिनी प्रादेशिक अस्पतालबाट भीम अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको रूपमा सुरुवा गरिएको छ। बैठकले बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा.इन्द्र ढकाललाई बनाउने निर्णइ गरेको छ । सो अस्पतालमा यसअघि डा.सुदर्शन थापा मेसु रहेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण