कविता
मेटिएको बाटो
शनिबार, १९ जेठ २०८१, १६ : ५९
बाटैभरि काँडैकाँडा
अघि जाने ठाउँ छैन
सम्झना छ मनभित्र
त्यहाँ पुग्ने बाटो छैन ।
क्षितिजले किन–किन
मलाई मात्र बोलाउँछ
बाटो भए पुगिहाल्थेँ
मन त्यसै टोलाउँछ ।
चौतारीको सियाँलले
कति खोजिरहेको होला
डाँडा गाउँको भञ्ज्याङले
कति सम्झिरहेको होला ।
देउरालीमा अब कसले
भारी बिसाइदेला
एउटा ढुंगा माया गरी
कसले थपिदेला ।
यस्तै रैछ जिन्दगानी
छैन कतै ठाउँ
बाटाभरि काँडाघारी
छैन हिँड्ने ठाउँ ।
भो भो अब चाहिँदैन
हिँड्ने मलाई बाटो
तिमीले नै हिँडिदेऊ
मेरो पनि साटोे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायीले गरेनन् भारतले दिएको कोटाबापतको गहुँ आयात
-
टाटा समूहले अहमदाबाद विमान दुर्घटनाका मृतकका परिवारलाई १–१ करोड रुपैयाँ दिने
-
पखेटाको ‘फ्ल्याप’ ले विमान दुर्घटनामा भूमिका खेलेको हुन सक्ने विज्ञको आशङ्का
-
१० बजे १० समाचार : न्यायाधीशमाथि आक्रमणदेखि एमालेमा तरंगसम्म
-
तीनकुने घटनामा अदालतले आदेश सुनाउँदै, इजलास बाहिर प्रतिवादी
-
१० बजेसम्म आएन आदेश, आदेशको प्रतीक्षामा बस्नेहरु तस्बिरमा हेर्नुहोस्