कविता
मेटिएको बाटो
शनिबार, १९ जेठ २०८१, १६ : ५९
बाटैभरि काँडैकाँडा
अघि जाने ठाउँ छैन
सम्झना छ मनभित्र
त्यहाँ पुग्ने बाटो छैन ।
क्षितिजले किन–किन
मलाई मात्र बोलाउँछ
बाटो भए पुगिहाल्थेँ
मन त्यसै टोलाउँछ ।
चौतारीको सियाँलले
कति खोजिरहेको होला
डाँडा गाउँको भञ्ज्याङले
कति सम्झिरहेको होला ।
देउरालीमा अब कसले
भारी बिसाइदेला
एउटा ढुंगा माया गरी
कसले थपिदेला ।
यस्तै रैछ जिन्दगानी
छैन कतै ठाउँ
बाटाभरि काँडाघारी
छैन हिँड्ने ठाउँ ।
भो भो अब चाहिँदैन
हिँड्ने मलाई बाटो
तिमीले नै हिँडिदेऊ
मेरो पनि साटोे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण